भुवनको तनावले सुष्मिता दङ्ग -राजन घिमिरे

भुवनको तनावले सुष्मिता दङ्ग -राजन घिमिरे


आफैंमा विवादको भुमरीमा फसेको राजनीतिक पार्टी एमालेमा प्रवेश गरेपछि यता नायक भुवन केसी पनि आफ्नै पारिवारिक विवाद र लफडामा फस्ने क्रमले निरन्तरता पाइरहेको छ । चलचित्र निर्माणको क्रमदेखि आफ्नै पत्नी सुष्मिता केसीसम्मको लफडाका कारण बारम्बार नामजत्तिकै बद्नाम पनि कमाउँदै आएका भुवन अहिले आफ्नी नयाँ गर्लफ्रेन्ड शर्मिला डङ्गोलका कारण ठूलै लफडामा परेका छन् । यो लफडा कसको कारण परेको हो या लफडाका र्सजक को हुन् ? यो त कि भुवन कि तिनै शर्मिलालाई नै थाहा होला । तर, यो कुराचाहिँ भन्न सकिन्छ कि जब भुवनले शर्मिलालाई ‘मेरी नयाँ गर्लफ्रेन्ड’ भनेर आकाशको तारा नै पाएजसो गरेर ठाउँ-ठाउँमा परिचय गराउँदै हिँडे तबदेखि नै उनी थप विवादमा र लफडामा पर्न थालेका हुन् । उता भुवनको यस्तो नकारात्मक क्रियाकलाप बजारमा आउन थालेपछि भुवनसँग डिभोर्स गरेर बसेकी सुष्मिताचाहिँ निकै दङ्ग पर्ने गरेकी छिन् । उनी अहिले आफ्ना सहकर्मी सिनेकर्मीहरूसँग यसो भन्न थालेकी छिन्, ‘यो सब मेरो पाप लागेको हो । भुवनलाई सफलतामा पुर्‍याउन मैले गरेको दुःख मलाई थाहा छ । मेरो मन रुवाउनेलाई कहिले पनि भलो हुँदैन ।’
शनिबार दिउँसो शर्मिलाका श्रीमान्ले काठमाडौंको कोटेश्वरमा पिटेको घटनापछि त भुवन यतिबेला झनै तनावमा पर्न थालेका छन् । भुवन केसीजस्तो नेपाली सिनेमाको सदावहार अनि नायकहरूको भीडमा उच्च स्थान बनाउन सफल नायक दिनदहाडै सार्वजनिक स्थानमा पिटिनु अवश्य पनि इज्जतिलो कुरा होइन, तर दर्ुभाग्य भयो यस्तै नै । त्यो कुरा मिडियामा आएपछि यतिबेला भुवन शनिबारदेखि शर्मिलालाई साथ लिँदै मिडिया हाउस धाउन थालेका छन् । ‘मेरो ठूलो बेइज्जत भयो । त्यो घटना हुँदै होइन’ भन्दै मिडियातिर धाइरहेका भुवनको भनाइमा विश्वास गर्नेहरू पनि भेटिएका छैनन् । किनकि बारम्बार विवाद र लफडामा पर्ने भुवन सही हुन् भन्दा मान्छेले विश्वास गर्नै मान्दैनन् ।
टाउकोभरि शर्मिलाका श्रीमान्ले हेल्मेटले हानेको घटना भुवन गलत भन्छन्, तर चट्ट मिलेको कपाल हल्लाएर सफर गर्ने उनी शनिबार र आइतबार क्यापमा देखिए । जब कि उनी कहिले पनि क्याप लगाउँदैनन् । भुवन यतिबेला ‘मेरो बेइज्जत भयो । एमाले पार्टीमा पनि मुख देखाउन गाह्रो भयो’ भन्दै नैराश्यता प्रकट गर्दै उनी ‘प्रधानमन्त्रीसम्म बन्ने हैसियतको मेरो क्यारियर चौपट भयो’ भन्दै मिडियासमक्ष जानुअगाडि उनले आफ्नो आचरण सपारे राम्रो हुन्थ्यो कि ? भन्ने सुझाव भुवनलाई दिन थालेका छन् उनका सहकर्मीहरूले । यसै तनावका कारण जेठमा उनले रिलिज गर्न लागेको चलचित्र ‘साथी म तिम्रो’ पनि रिलिज हुन सकेको छैन ।
भुवन केसीजस्तो नेपाली सिनेमाको एउटा निरन्तर नाम अनि सबैबाट ‘वाहवाही’ पाउने र पाइरहेका नायक ‘स्त्री’सँगको सम्बन्धका कारण बद्नामै हुने गरी सडकमा आउनु उनका लागि मात्र होइन उनका लाखौँ शुभचिन्तकका लागि पनि दुःखको कुरा हो । यस्ता सानातिना कुराहरूको पछि नलागी सबै फिल्म हिट दिँदै र राम्रो मेकरका रूपमा स्थापित भएमा भुवन अब लफडातिर नभएर कामतिर मात्र लाग्दा राम्रो हुन्थ्यो कि ? सबै दर्शकको चाहना यही नै छ अहिले । हामी पनि यही चाहन्छौँ । यो सुझाव कस्तो लाग्यो खै उहाँलाई ? यो कुरा त भुवन नै जानुन् ।

कञ्जुस राजेश
नाम त राजेश हमालले कमाएकै छन् । दाम पनि उनले सिनेमा खेलेर थुपै्र कमाए । तर, दामको मामिलामा उनी कत्तिको लोभी र कञ्जुस छन् त ? त्यो थाहा भएन । तर पनि उनलाई एउटा सिनेमामा साहै्र लोभ र कञ्चुस देखाइएको छ । यसरी राजेश हमाललाई कञ्जुस देखाइएको चलचित्र हो- हात लाग्यो शून्य । विश्व नेपालले निर्माण गरेको यो चलचित्रलाई विजयविक्रम बस्नेतले निर्देशन गरेका हुन् ।
घरमा लाखौँ रुपैयाँ पर्ने गाडीलाई दिनहुँ पूजा गरेर बाहिर निस्कँदा भने थोत्रो मोटरसाइकल चढेर हिँड्नेजस्तो अति लोभीको भूमिकामा देखापरेका राजेश के साँच्चै लोभी नै छन् त ? ‘हामीलाई त्यस्तो लाग्दैन । तर, उहाँलाई पात्रको रूपमा मात्र प्रस्तुत गरेका हौँ । त्यो त अभिनय हो नि,’ चलचित्रका निर्माता विश्व नेपालको भनाइ छ ।
यो चलचित्रको कथा पत्रकार दिवाकर मैनालीले तयार पारेका हुन् । जिन्दगीभर पान नखाएका हमाल यो चलचित्रभरि पान चपाउँदै प्रस्तुत भएका छन् । ‘के तपाईंहरूलाई म त्यस्तो लोभी लाग्छ र -‘ नायक राजेश हमालको भनाइ छ ।

इन्दिराको फेसन पचेन दर्शकलाई
अभिनय गर्ने कलाकार भनेपछि उसको धर्म हो दर्शक-श्रोतामाझ राम्रो कला प्रस्तुत गर्ने अनि गायक-गायिका भनेपछि दर्शक-श्रोतामाझ मीठो स्वर प्रस्तुत गर्ने । यिनै हुन्- कलाकारितामा उच्चतम् प्रस्तुति । यो विश्वमान्यता पनि हो । तर, बेमौसमको बाजा भनेजस्तै जान्ने भएर मीठो स्वरको सट्टा शरीर देखाउन गायिकाहरू बढी लालयित देखिए भने त्यहाँको अवस्था प्रतिकूल पनि हुनसक्छ । ‘आवाजले साथ नदिएपछि र क्षमता नभएपछि नै एक्स्ट्रा क्रियाकलाप गरेर गायिकाहरू दर्शक-श्रोताहरूलाई झुक्याउन खोज्दा रहेछन्,’ यस्तै भनाइ छ श्रोताहरूको ।
यसैक्रममा बढी जान्ने भएकै कारण शनिबार टुँडिखेलमा आवाजले भन्दा अनुहारका कारण मात्र मिडियामा छाएकी गायिका इन्दिरा जोशीले कार्यक्रम हेर्न आएका दर्शकहरूबाट गाली मात्र होइन चाउचाउको प्लास्टिकको पोको र मिनरल वाटरको खाली बोतल खानुपर्‍यो ।
‘गीत राम्रो गाउनु छैन, नखरा मात्र देखाउने, हामी यसको नखरा हेर्न आएका हौँ र -‘ यस्तै प्रतिक्रिया थियो कार्यक्रम हेर्न आएकाहरूको । टाइट डे्रसअपमा निकै भल्गर प्रस्तुतिका साथ स्टेजमा उत्रिएकी इन्दिरालाई दर्शकले सोधे, ‘गीत गाउने हो कि फेसन देखाउने हो -‘ उनी अनुत्तरित थिइन् । म्युजिक मिडियोमा प्रस्तुत भएजस्तै सार्वजनिक कार्यक्रममा पनि त्यसैगरी प्रस्तुत हुनु उनको गल्ती थियो । पैसा तिरेर गायकगायिकाको आवाज सुन्न आएकाहरूलाई निकै भल्गर लाग्ने पहिरनमा स्टेजमा आएकी इन्दिराको चालढाल साँच्चै पाच्य भएन छ । त्यसैले उनीहरूले चाउचाउको खाली खोल र पानीका बोतल वषर्ाइहाले । इन्दिरालाई मात्र होइन आफूलाई नेपालको माइकल ज्याक्सन भनेर आफ्नै प्रचार गर्दै हिँड्ने धीरज राईको पनि अब क्रेज घटेको कुरा त्यहाँबाट स्पष्ट हुन्थ्यो । हरेक कार्यक्रममा २० वर्ष अगाडि गाएको ‘सेकी सेकी…’ बोलको गीत सुन्दासुन्दा आजित भएका दर्शकबाट धीरजले आउट-आउट खानुपर्‍यो । अरूले तपाईं भन्नु कता आफैं मपाईं गरेर आफूलाई माइकल ज्याक्सन ठान्नेहरूको अवस्था पनि थाहा पाइयो त्यस दिन ।