यसकारण ‘प्रचण्ड’ आज भारत जाँदैछन्

यसकारण ‘प्रचण्ड’ आज भारत जाँदैछन्


पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारीमा छन् । ३ दिने भ्रमणका लागि उनी भारत जान लागेको बझिएको छ । यसअघि प्रचण्डको निजी सचिवालयले उनी २६ गते मात्र स्वदेश फर्किने कार्यक्रम बनाएको भएपनि भ्रमण छोट्याएर भदौ २३ गते नै स्वदेश फर्किने कार्यक्रम रहेको बुझिएको छ ।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रचण्डले भ्रमण छोट्याएका हुन् । भारतको भ्रमणलगत्तै उनी चीन भ्रमणमा जाने कार्यक्रम समेत तय भइसकेको छ । प्रचण्ड भारत भ्रमणबाट फर्किएलगत्तै पार्टीको सचिवालय बैठक डाकिएको छ । त्यसपछि उनी असोज १ गतेबाट चीन भ्रमणमा जाने भएका हुन् ।

नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न आवश्यक रहेको प्रचण्डको भनाई छ । नेपाली राजनितिमा उनको भारत भ्रमण सम्बन्ध सुधार भन्दा पनि राजनैतिक विषयमा केन्द्रित रहने चर्चा छ ।