कांग्रेस सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

कांग्रेस सांसदले मागे प्रधानमन्त्रीको राजीनामा


नेपाली कांग्रेसका युवा नेता एवम् सांसद डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको पदबाट राजीनामा माग गर्नुभएको छ । बुधबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकार संविधानविपरीत स्वेच्छाचारी ढंगले चलेको हुनाले संविधान खतरामा परेको र लोकतन्त्र खतरामा पुऱ्याउने सरकारका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नुभयो ।

सरकारले संविधान मान्नुपर्छ कि पर्दैन, कर्मचारीले संविधान मान्नुपर्छ कि पर्दैन र सुरक्षाकर्मीले संविधान मान्नुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्दै उहाँले सरकारकै कारण लोकतन्त्र खतरामा परेको बताउनुभयो ।

डा. सिंहले नेपाल सरकारका कर्मचारीहरुले नेपाली पढ्न जानेका छन् कि छैनन् भनी कटाक्ष गर्दै राहदानी वाहकलाई विमानस्थलमा बिनाकारण रोकेर निरंकुश व्यवहार देखाएकोमा अक्रोश प्रकट गर्नुभयो ।

हेर्नुहोस भिडियो-