काङ्ग्रेस-कम्युनिस्टबीच चौध मुद्दामा समान दृष्टिकोण

काङ्ग्रेस-कम्युनिस्टबीच चौध मुद्दामा समान दृष्टिकोण


नेपाली काङ्ग्रेस रक्षात्मक अवस्थामा पुग्नुको कारण अनेक भए पनि कम्युनिस्टभन्दा भिन्न र विशिष्ट देखिन नसक्नुलाई मुख्य कारण मानिएको छ । २०६३ को परिवर्तनसँगै काङ्ग्रेसले आफ्नो राजनीतिक एवम् वैचारिक आधार परित्याग गरी कम्युनिस्ट एजेन्डामा रमाउँदै जाँदा दीर्घकालिक क्षति व्यहोर्नुपर्ने स्थितिमा काङ्ग्रेस आइपुगेको छ । वैचारिक, सैद्धान्तिक र राजनीतिक दृष्टिमा काङ्ग्रेस र कम्युनिस्टबीच रहेको भिन्नता र समानता यसप्रकार कायम हुन पुगेको छ ।

राजनीतिमा विशेष महत्व राख्ने उल्लिखित पन्ध्रमध्ये काङ्ग्रेस र कम्युनिस्टबीच एउटा मात्र विषयमा असमानता (असहमति) रहेको देखिन्छ । माक्र्सवाद लेनिनवादबाहेक अन्य सबै एजेन्डा काङ्ग्रेस र कम्युनिस्टबीच समान रहेको यस स्थितिमा काङ्ग्रेसले आफू कम्युनिस्टभन्दा भिन्न भएको पुष्टि गर्न नसकेसम्म ऊ पुनस्र्थापित हुन सहज देखिएको छैन । र, काङ्ग्रेसले कम्युनिस्टभन्दा आफू वैचारिक रूपले भिन्न भएको पुष्टि गर्ने प्रयास अहिलेसम्म गरेको पनि छैन । केवल ‘उनीहरूले भन्दा हामी राम्रो गर्न सक्छौँ’ भन्ने दाबी काङ्ग्रेसले गर्ने गरेको छ ।

तर, काङ्ग्रेस नेतृत्वको यस्तो दाबीमा जनताले विश्वास गर्ने स्थिति अहिलेसम्म बनेको छैन र आधारभूत वैचारिक एजेन्डामै भिन्नता नदेखिएसम्म काङ्ग्रेस पुरानो हैसियतमा फर्कन सम्भव देखिएको पनि छैन ।