को कति पानीमा -श्रीविक्रम भण्डारी

को कति पानीमा -श्रीविक्रम भण्डारी


अब एनओसीको जिम्मेवारी सरकारको काँधमा
मुलुकको राजनीतिक तरल अवस्थाले गर्दा अहिले जताततै लथालिङ्ग र भताभुङ्ग देखिएको छ । शान्तिसुरक्षाको त कुरै छाडौँ, तीन महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि अझ अन्योल बढाएको छ । यसको प्रत्यक्ष प्रभाव मुलुकका सबै निकायमा परे पनि खेलकुद पनि यसबाट अछुतो रहन सकेको छैन । सरकार परिवर्तनसँगै खेलकुदको नेतृत्व परिवर्तन हुने परम्पराले गर्दा खेलकुद अझ दयनीय अवस्थामा पुगेको छ । एकीकृत माओवादीको हातमा खेलकुदको लगाम पर्दा जुन अड्कल र अनुमान गरिएको थियो त्यो अहिले ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको छ । तर्सथ त्यसै त दयनीय अवस्थामा रहेको खेलकुदको अवस्था अझ दयनीय बन्न पुगेेको छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकेका राजनीतिक दलहरूले खेलकुदको महत्त्व र प्रभावशालीतालाई आत्मसात् गर्न नसक्दा खेलकुदमा अहिले भाँडभैलो मच्चिएको छ । अहिलेसम्म कुनै जिम्मेवार पदाधिकारीको नियुक्ति नहुँदा निकै चलखेल बढेको छ ।
यही विषम परिस्थितिको फाइदा उठाउँदै लाज पचाएर खेलकुदमा बसेका खेलकुद पदाधिकारीहरूका गैरजिम्मेवारी हरकतले केही दिनयता खेलकुद नराम्रोसँग गन्हाउन पुगेको छ । हालै नेपाल ओलम्पिक कमिटीको निर्वाचन सम्पन्न भएपछि निर्वाचनमा सहभागिता जनाउने सङ्घहरूमाथि कारबाही गर्ने वक्तव्यबाजी गर्ने राखेपका पदाधिकारीहरूको दोहोरो चरित्र देख्दा …लाईभन्दा देख्नेलाई लाज भएको छ । राखेपका पदाधिकारीहरूको यस्तो हरकत खुद एनओसीका पदाधिकारीहरूले समेत पचाउन सकेका छैनन् । ठाउँअनुसारको कुरा गर्दै खेलकुदको वातावरणलाई धुमुल्याउँदै आएका ती पदाधिकारीहरूले गत साता एनओसीका एक पदाधिकारीले आयोजना गरेको रात्रिभोजमा यस्तै कुरा गरेर सबैलाई आर्श्चर्यचकित पारेका छन् । सोमरसको सुरमा आफ्नो पदीय दायित्वसमेतलाई बिर्सिएर सदस्यसचिव हरिबाबु चौधरीले एनओसीका सामु आत्मसमर्पण गर्दा नकचरोको औषधि साँच्चिकै हुँदो रहेनछ भन्दै थिए एक खेलकुद पदाधिकारी । ती पदाधिकारीले एनओसीका अगाडि यसरी छाँद हाल्नुको साटो खेलकुदको वास्तविकतालाई बुझेर अगाडि बढेको भए कति राम्रो हुने थियो भन्दा नजिकै उभिएका समिम मिया अन्सारीले ताली बजाएका थिए ।
आखिर के चाहन्छन् त राखेपका पदाधिकारीहरू ? यो विषयमा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले ओलम्पिक कमिटीको निर्वाचनप्रति सकारात्मक धारणा राखेका छन । उपाध्यक्ष तिम्सिनाले खेलकुदलाई अनिर्णयको बन्दी बनाउँदाभन्दा एनओसीको निर्वाचनलाई आत्मसात् गर्नुभन्दा अर्को विकल्प नभएको बताए । उनले ओलम्पिकको निर्वाचनमा सहभागिता जनाउने सबै खेलकुदकै सङ्घ र खेलकुद व्यक्तित्व नै भएकाले राखेपले पनि यसलाई आत्मसात् गनुपर्ने बताए । एनओसीमा पुग्न जुन बाटो रोजे पनि आखिर यिनै सङ्घका पदाधिकारी पुग्ने र अनुहारमा मात्र फरक देखिने कुराको स्मरण गराउँदै उपाध्यक्ष तिम्सिनाले अहिलेको ओलम्पिक कमिटी जेन्युन भएको प्रस्ट पारेका थिए । तर्सथ खेलकुदलाई नयाँ मार्गमा डोर्‍याउन सर्वोच्चको फैसलालाई आत्मसात् गर्दै दुवै ओलम्पिक कमिटीका पदाधिकारीहरूले मिलेर जानुपर्छ भन्दै तिल्सिनाले यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले ओलम्पिकको विवाद केका लागि भन्दै खेलकुद र खेलाडीको हितका लागि पनि यसलाई साम्य पार्नुपर्ने बताए । र्
वर्तमान अवस्थामा खेलकुदमा भाँडभैलो मच्चाउने र लज्जित पार्ने काम सदस्यसचिव हरिबाबु चौधरीले गरेको आरोप लगाउँदै यस्ता निकम्मा व्यक्तिलाई तुरुन्तै परिषद्बाट विस्थापित गर्नुपर्ने तिल्सिनाले बताए । तिम्सिनाले कर्मचारीको तलबमा समेत र्‍याल चुहाउने चौधरीले खेलकुद चलाउन नसक्ने ठोकुवा गर्दै चौधरीलाई यथाशीध्र खेलकुदबाट नलखेटे खेलकुद अझ दस वर्ष पछि धकेलिने आसय प्रकट गरेका थिए । खेलकुदमा चौधरीजस्ता व्यक्तिलाई र्सर्वेर्सवा बनाइनु दर्ुभाग्यपूर्ण भएको स्मरण गराउँदै यसबारेमा सरकार संवेदनशील हुनुपर्ने बताए । चौधरीकै अल्पज्ञानका कारणले विगतमा खेलकुद र खेलाडीले ठूलो मूल्य चुकाउनुपरेको वास्तविकतालाई उजागर गर्दै समग्र खेलकुदको विकासका लागि चौधरीको बिदाइ सबैका लागि कल्याण हुने खुलासासमेत गरेका थिए । चौधरी कमिसनको मूलमा परेको व्यक्ति भएको आरोप लगाउँदै खेलकुद उनका लागि कमाइ खाने भाँडो बन्न नसक्ने तिल्सिनाले बताए । चौधरीले ओलम्पिक कमिटीको विवादमा छेपारोको जस्तै रंग फेरेको र खेलकुदलाई गुमराहमा राख्ने काम गर्दै आफ्नो दुनो मात्र सोझ्याएको बताए । चौधरीको यही द्वैध चरित्रले खेलकुदको यस्तो हविगत भएको बताउँदै तिल्सिनाले क्यान्सरको उपचार सही समयमा भएन भने त्यसले मृत्युको रूप धारण गर्ने प्रस्ट पारेका थिए ।
वास्तविक रूपमा भन्ने हो भने अहिले ओलम्पिक कमिटीको विवाद सकिइसकेको छ भन्दा अतिसयोक्ति नहोला । राखेपका पदाधिकारी, सङ्घका पदाधिकारी र समस्त खेलाडीले ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीप्रति सकारात्मक धारणा राखेको कसैबाट छिपेको छैन । विवाद लम्ब्याउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै भएको बताउँदै एक चर्चित राष्ट्रिय खेलाडीले अहिले जे भएको छ त्यो नेपाली खेलकुदको भविष्यका लागि राम्रो भएको खुलासा छन् । उनले राष्ट्रिय खेलकुद परिषद् राजनीतिक दलको अखडाको रूपमा स्थापित भएको आरोप लगाउँदै ओलम्पिक कमिटीको निर्वाचनले खेलाडीलाई निकै राहत भएको बताए । ती खेलाडीले विवादबाट कुनै कुराको पनि हल ननिस्किने जिकिर गर्दै दुवै ओलम्पिक कमिटीका पदाधिकारी आपसमा मिलेर खेलकुदको हितका लागि लाग्नुपर्ने सुझाव दिएका थिए । यो कुरा स्वयम् सदस्यसचिव हरिबाबुले समेत सार्वजनिक रूपमा स्वीकारिसकेका छन् । कसरी मिलेर जाने भन्दै कानुनी बाटोको फुकुवा गर्न चौधरी लागिपरेको स्रोतबाट थाहा भएको छ । तर, सम्माननीय सर्वोच्च अदालतको फैसला अहिले ओलम्पिकका लागि तगारो बनेको छ । सर्वोच्चको फैसला अकाट्य हुने भएकोले सर्वोच्चको गरिमालाई आत्मसात् गर्दै यसको कानुनी उपचारको लागि एनओसीले कदम अगाडि बढाइरहेको सुनिनमा आएको छ । एनओसीका एक पदाधिकारीले सर्वोच्चलाई उपेक्षा गरेर अगाडि बढ्न नसकिने बताउँदै जसरी भए पनि र्सप पनि मर्ने लौरो पनि नभाँचिने रणनीतिमा एनओसी लागेको बताएका छन् ।
यसरी आवरणमा नेपाल ओलम्पिक कमिटीको विवाद देखिए पनि भित्री रूपमा साम्य भइसकेको छ । राखेपका पदाधिकारी र खेलाडीहरूले हरियो झन्डा देखाउनु प्रधानको एनओसीको लागि शुभसङ्केत मानिएको छ । र पनि सर्वोच्चको तरबार अहिले पनि एनओसीको टाउकोलाई निसाना बनाइरहेको अवस्थामा त्यसै भन्न सकिने अवस्थाचाहिँ छैन । राजनीतिक शक्तिको आडमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले एनओसीलाई विवाद होम्ने काम गरेको कसैबाट छिपेको छैन । सो प्रक्रिया कानुनी रूपमा लगत भए पनि तत्कालीन प्रधानमन्त्री माधव नेपालले गुनको बदला गुन लगाउने क्रममा ओलम्पिकको विवादलाई लालमोहर लगाएपछि एनओसीको विवाद चरमोत्कर्षमा पुगेको थियो । प्रधानमन्त्री नेपालको उक्त कदमले क्षणिक रूपमा कसैलाई फाइदा भए पनि खेलकुद र खेलाडीहरूले अहिलेसम्म उक्त विवादको सामना गरिराख्नुपरेको छ । तर्सथ एनओसीको विवादको कारण तत्कालीन सरकार भएकोले अब यसको समाधान पनि सरकारले गर्नुपर्ने देखिएको छ ।

पुरस्कार राशिमा पनि कर †
१६औँ एसियाली खेलकुदमा नेपाललाई एक मात्र पदक दिलाउने दीपक महर्जनको पुरस्कार राशिमा सरकारले कर काटेको छ । ग्वान्झाउ एसियाडमा कास्य पदक जितेर नेपाललाई पदकविहीन हुनबाट बचाएका बक्सिङ खेलाडी दीपकलाई सरकारले घोषित रकमभन्दा थपेर पुरस्कृत गर्नुको साटो उल्टै आफैंले घोषणा गरेको रकममा समेत कर लगाएको छ । सरकारले दीपकलाई तीन लाख रुपैयाँ दिने घोषणा गरे पनि लोकतन्त्र दिवसको अवसरमा २५ प्रतिशत कर काटेर दुई लाख २५ हजार मात्र दिएको थियो । उक्त पुरस्कार राष्ट्रपति रामवरण यादवले प्रदान गर्नुभएको थियो । नवौं सागदेखि घोषित पुरस्कार राशिमा कर नकाट्ने सहमति भए पनि सरकारले अहिले पुरस्कार राशिमा कर काटेर खेलकुदप्रति सौताको व्यवहार गरेको छ । सरकारको यो निर्णयको विरोध गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका महासचिव दीपक श्रेष्ठले यो सबै राखेपको कमजोरीले भएको बताउँदै कटौती रकम तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

बास्केटबलको अध्यक्षमा पुन: टेन्डी
नेपाल बास्केटबल सङ्घको हालै सम्पन्न भएको दोस्रो साधारणसभाले लामा टेन्डी शर्ेपालाई चार वर्षका लागि निरि्वरोध अध्यक्षमा चयन गरेको छ । उक्त साधारणसभाले नरेन्द्र थापालाई वरिष्ठ उपाध्यक्ष र सोम थापालाई उपाध्यक्ष, दिनेश थापा महासचिव, होमकुमार डोंग सचिव र फणीन्द्रमान श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेको छ । सदस्य पदका लागि भएको निर्वाचनमा राजकुमार महर्जन, पवनकुमार थापा, मानबहादुर आले, अच्युतसिंह भण्डारी, किरण पौडेल र दिनेशप्रसाद अर्याल निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत ज्ञानेन्द्र श्रेष्ठले कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई शपथ गराएका थिए । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका थिए । उक्त साधारणसभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ र लालकुमार लामाको पनि उपस्थिति रहेको थियो ।

गोजुरियोमा नेपाल टिम च्याम्पियन
तेस्रो अन्तर्राष्ट्रिय गोजुरियो कराते च्याम्पियनसिपमा नेपालले २० स्वर्ण, २२ रजत र २० कास्य हात पार्दै टिम च्याम्पियनको उपाधि जितेको छ । नेपाल गोजुरियो कराते सङ्घको तत्त्वावधान, आकाशदीप बोर्डिङ स्कुलको आयोजना तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रायोजनमा सञ्चालन भएको दुईदिने प्रतियोगितामा भारत दई स्वर्ण, पाँच रजत र १५ कास्यका साथ दोस्रो र एक स्वर्ण, तीन रजत र आठ कास्य जित्दै बंगलादेश तेस्रो भएको थियो । पाँच देशको सहभागिता रहेको यस प्रतियोगितामा विजयी खेलाडीलाई सिल्ड तथा प्रमाणपत्र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले वितरण गरेका थिए ।

जी फोर कप उपाधि ज्ञानुबाबालाई
पोखरेली टिम ज्ञानुबाबा उमाविले जी फोर कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ज्ञानुबाबाले फाइनल खेलमा फिस्टेल एकेडेमीलाई ३-१ ले हराएको थियो । ज्ञानुबाबालेे फिस्टेल एकेडेमीलाई चार सेटमा २५-१४, २५-२१, २५-२७ र २५-१६ ले पराजित गरेको हो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले न्यु डाइमन्ड एकेडेमी ‘बी’ लाई सङ्घर्षपूर्ण खेलमा २४-२६, २५-१७, २२-२५, २५-२१ र १५-१० ले पराजित गरेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले दुई लाख १० हजार, उपविजयी टोलीले एक लाख १० हजार, तेस्रो स्थान पाउनेलाई ५५ हजार र चौथो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सभासद् देवी थापाले विजयी टोली तथा खेलाडीलाई पुरस्कार प्रदान गरेकी थिइन् । प्रतियोगितामा पुलिसकी सुशीला थापा बेस्ट लिफ्टर घोषित भइन् भने ज्ञानुबाबाका होमकुमारी पुन बेस्ट ब्लकर, मञ्जु गुरुङ बेस्ट स्पाइकर, मान्ति आले बेस्ट डिफेन्डर र अरुणा शाही बेस्ट प्लेयर घोषित भएका थिए । फिस्टेलकी सरस्वती चौधरी बेस्ट क्विकर भइन् ।
गौरीशंखर गोल्डेन ग्रुप गङ्गरखेल, दोलखा ? जी फोर स्पोर्टस क्लब)को आयोजनामा सञ्चालन भएको पहिलो संस्करण भने पुरुष भलिबल समावेश गरेर चरिकोटमा २०६६ सालमा सञ्चालन भएको थियो । दोस्रो संस्करणमा आइपुग्दा जी फोर स्पोर्टस् क्लबले फड्को मारेर पुरस्कार राशि दोब्बर पार्दै महिला भलिबलतर्फ चासो देखाएको हो । लिग कम नकआउटको आधारमा भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।