जनयुद्ध सुरुवातको समीक्षा र सरकारी दमन

जनयुद्ध सुरुवातको समीक्षा र सरकारी दमन


history०५२ फागुन १ गते जनयुद्धको सुरुवात भएपछि ०५२ चैत १० गते भएको पोलिटब्युरोको बैठकसम्म प्रायः सबैजसो नेता देशभित्रै थिए । चैत १० गते स्याङ्जामा भएको पोलिटब्युरोको बैठकमा प्रमुख नेताहरू सबै उपस्थित थिए । यस बैठकले जनयुद्धको सुरुवात र यसको नेपाली राजनीतिमा परेको प्रभाव तथा आफ्ना कमजोरी र सबल पक्ष र जनयुद्धलाई अब कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर छलफल गरी ‘जनयुद्धको ऐतिहासिक पहलसम्बन्धी सिंहावलोकन तथा पार्टीको आगामी रणनीति’ शीर्षकको दस्तावेज पारित ग-यो ।
जनयुद्धको प्रभावको मूल्याङ्कन गर्दै सो दस्तावेजमा भनिएको छ, ‘समाजका सबै वर्ग, तह र तप्कालाई विद्युत्को गतिमा प्रभाव पार्दै नेपाली जनयुद्धको थालनीले प्रतिक्रियावादी राज्यसत्ता र त्यसका पृष्ठपोषकहरूको स्वर्गमा खैलाबैला मच्चिएको छ भने आज जनसमुदायमा नयाँ जिज्ञासा र उत्साहको स्थिति पैदा भएको छ । …थालनी र त्यसको निरन्तरताका कारबाहीहरूले माओवादी जनयुद्धलाई देशको सिङ्गो राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा राख्न सफल भयो । एक महिनाको छोटो अवधिमा जुन स्तर, प्रकृति र सङ्ख्यामा सशस्त्र गतिविधि भए, जुन स्तरमा यसको प्रचार भयो, त्यो आफँैमा आजको संसारमा कुनै पनि देशका माओवादी पार्टीहरूका लागि एउटा विशिष्ट अनुभव बन्न पुगेको छ । …जनयुद्धको ऐतिहासिक पहलले प्रतिक्रियावादी सरकारमा रहेको र नरहेको देशका सबै राजनीतिक गुट–उपगुटहरूका अगाडि नयाँ समस्या, अन्तरविरोध र सङ्कटलाई जन्म दिएको छ । ….ऐतिहासिक पहलको योजनामा पार्टीले निर्धारित गरेको एउटा प्रमुख लक्ष्य सशस्त्र सङ्घर्षको राजनीतिलाई स्थापित गर्नु थियो । त्यो लक्ष्य सामान्य रूपमा अपेक्षा गरिएकोभन्दा बढी नै हासिल भएको छ ।’
जनयुद्धको पहलसम्बन्धी योजना ऐतिहासिक रूपले सफल रहेको निष्कर्ष निकालिएको सो दस्तावेजमा आफ्ना कमी–कमजोरीहरू र सीमाबारे पनि विश्लेषण गरिएको थियो । त्यसमा सूचना आदान–प्रदानमा देखिएको समस्यालाई एक नम्बरमा राखिएको थियो र भनिएको थियो कि सरकारको नियोजित र भ्रामक प्रचारलाई समयमै चिर्न आफ्नो स्रोतबाट घटनाहरूको यथार्थ विवरण प्राप्त नहँुदा निकै कठिनाइ प-यो । दोस्रो बुँदामा भनिएको थियो– कारबाहीका रूपहरूको प्रयोगको मूल पक्ष सही हुँदाहँुदै पनि खासगरी सेवोटेज र कुटपिटका घटनाहरूलाई दुश्मनले जनतालाई भ्रम दिन सबैभन्दा बढी प्रयोग ग-यो । सेवोटेजका देशैभरि करिब करिब एकै प्रकारका रूपहरूको प्रयोग तथा कुटपिटमा एकै साथ धेरै विरोधीहरूमाथि आक्रमण गर्दा त्यसलाई दुश्मनले राम्रो मसलाको रूपमा प्रयोग ग-यो । आगामी दिनमा मुख्य दुश्मनमाथि कारबाही केन्द्रित गर्ने र मित्र वर्ग र सामान्य दलालहरूलाई उपयोग गर्ने नीति लिनुपर्छ । (दस्तावेजहरू पृष्ठ ३५५) तेस्रो नम्बरमा केन्द्रदेखि जिल्लासम्मको कार्यालय सञ्चालनको काम धेरै अव्यवस्थित रहेको र यही स्थिति रहे ठूलो क्षति व्यहोर्नुपर्ने कुरा उल्लेख छ । चौथोमा वैधानिक आन्दोलन गर्न नसकिएको र त्यसको उपाय खोज्नुपर्ने उल्लेख छ । पाँचौँमा भूमिगत जानै नपर्ने साथीहरू भूमिगत जाने र भूमिगत जाने नाममा आफ्नो जिम्मेवारी र सम्पर्क छाडेर लुक्नेजस्ता कमजोरी भएको उल्लेख छ । छैटौँमा हतियार र तालिम नपुगेको, बिरामी र घाइते साथीहरूको उपचारको समस्या, हजारौँ साथीको पारिवारिक समस्या अविलम्ब हल गर्नुपर्ने उल्लेख छ । सातौँमा नेतृत्वका र जिल्लाका साथीहरूको हिँडडुल, बसाइ र खानपिन आदिमा अपनाउनुपर्ने सतर्कतामा समस्या देखिएको उल्लेख छ ।
सरकारको प्रतिक्रिया कस्तो थियो त ? ०५२ फागुन १ गतेको आक्रमण सरकार र सरकारी दलहरू, विपक्षी दलहरू, दरबार, शाही सेना, प्रहरी, प्रशासन तथा विदेशी खेलाडीहरूका लागि एउटा अप्रत्यासित धक्का थियो । करिब एक हप्तासम्म के गर्ने र के नगर्ने भन्ने छलफल गर्न नै समय बित्यो सरकारको र अन्तमा दमन र वार्ताको दुवै रणनीति प्रयोग गर्ने निर्णय सरकारले लियो । सरकारले माओवादी जनयुद्धलाई आतङ्ककारी र आपराधिक गतिविधि भन्दै नरसंहार र राज्यआतङ्कको प्रयोग गर्ने रणनीति कार्यान्वयन गर्न थाल्यो । दोस्रो हप्ताबाट व्यापक रूपमा गिरपm्तारी अभियान सुरु भयो । सबभन्दा पहिलो हत्याकाण्ड विद्रोही पक्षबाट भन्दा पनि सरकार पक्षबाट नै गोरखामा भयो । फागुन १४ गते जनमोर्चा समर्थक एक शिक्षकलाई विद्यालयमा पढाइरहेकै अवस्थामा गिरफ्तार गर्दा कलिला विद्यार्थीको स्वाभाविक विरोधलाई पक्राउ गर्न गएका ५० प्रहरीले गोली प्रहार गरेर दबाउन गरेको प्रयासमा प्रहरीको गोली लागेर ११ वर्षका बालक दिलबहादुर रम्तेलको हत्या भयो । संजोगकै कुरा हो कि नेपालका सबभन्दा उत्पीडित दलित जातिका एक विद्यार्थी नै जनयुद्धका प्रथम शहिद बन्न पुगे ।
पmागुन १५ गते रुकुमको पीपल गाविसमा आफ्नो गोठमा सुतिरहेका ६ जनालाई प्रहरीले घेरा हाल्यो र गोठको बारमा प्वाल पारेर गोलीको वर्षा ग-यो । पाँचजना त्यहीँ मारिए । एकजनालाई समातेर गोठबाहिर ल्याई खुकुरीले काटेर हत्या गरे । उनीहरू जनमोर्चाका सामान्य समर्थक थिए तर माओवादी पार्टी सदस्य थिएनन् । पार्टीले मरणोपरान्त उनीहरूलाई पार्टी सदस्यता दिएर सम्मान ग-यो । प्रचण्डले त्यसबेला लेखेका थिए, ‘प्रतिक्रियावादी सत्ताका भाडाका टट्टुहरूको पाशविकता अझ त्यतिबेला नाङ्गो देखियो, जतिबेला त्यो हत्याकाण्डबाट विक्षिप्त भएका शहिदहरूका आमा, दिदीबहिनीहरूमाथि त्यति नै बेला ती आततायीहरूले बलात्कार गरे ।’ (नेपाली क्रान्तिका समस्याहरू भाग २ पृष्ठ १५०) जाजरकोटको लहँ महादेव गाउँमा फागुन १४ गते आफ्नै घरमा बसिरहेका माओवादी पार्टी सदस्य मानबहादुर वली र जनमोर्चाका तर्फबाट निर्वाचित वडा सदस्य मानबहादुर रावललाई प्रहरीले गिरफ्तार गरी स्थानीय एक काङ्ग्रेसी नेताका घरमा थुने । रातभरको यातना पछि भोलिपल्ट नरसिंहगाडको गनाउनेपानी भन्ने ठाउँको भीरबाट लडाएर दुवैको हत्या भयो । फागुन २९ गते रुकुम
जिल्लाको छिपखोला गाउँमा एक वृद्ध किसान दिलबहादुर पुनलाई प्रहरीको एक टोलीले सुतिरहेको ओछ्यानबाटै घिसार्दै बाहिर ल्याई गोली हानेर हत्या ग-यो । के भयो भनेर हेर्न आएका गाउलेहरूमाथि पनि गोली प्रहार भयो र जोखबहादुर पुनको हत्या भयो । ती वृद्ध किसान दिलबहादुरको गल्ती यही थियो कि उनी रुकुमका माओवादी नेता गणेशमान पुनका पिता थिए । चैत ३ गते रोल्पाको कोर्जा जङ्गलमा घाँस काटिरहेका एक वृद्ध किसान हरिबहादुर रोकालाई स्थानीय गुण्डाहरूको एक टोलीले हत्या गरे । ती वृद्ध किसानका छोरा माओवादीका कार्यकर्ता थिए । छोरा नभेटिएकाले वृद्ध बुबाको हत्या भयो । चैत ५ गते रुकुम जिल्लाको काँक्री खोलाको त्रिवेणी बजारमा एक प्रहरी टोलीले अन्धाधुन्ध गोली चलाउँदा आफ्नै घरको पिँढीमा बसेर ऊनीको टोपी बुन्दै गरेकी धनमाया श्रेष्ठको हत्या भयो । त्यसको विरोधमा आवाज उठाउने चक्रबहादुर श्रेष्ठ (जो पूर्वपञ्च एवम् पूर्व जिल्ला उपसभापति रहेका थिए) र जयबहादुर बुढालाई पनि सोही टोलीले गोली हानी हत्या ग-यो । चैत ६ गते रोल्पाको ह्वामा गाउँमा घरमा सुतिरहेका जयघन थापालाई प्रहरीले पक्रेर आँगनमा ल्याई गोली हानी मा-यो र लहरे पुन र इन्द्रजित पुनलाई पक्रेर एउटै डोरीले बाँधेर नजिकको खोल्सामा लगी गोली हानी हत्या ग-यो । लहरे पुन पार्टी सदस्य थिए भने अरू सामान्य समर्थक मात्र थिए । चैत १२ गते रोल्पाको नुवागाउँमा प्रहरीले माओवादी पार्टीका एरिया सचिव चोपबहादुर डाँगी र सदस्य गेहेन्द्र गिरीलाई पक्राउ ग-यो र होलेरी चौकीमा लगेर गोली हानी हत्या ग-यो । चैत १५ गते रुकुमको दुर्गम गाउँ मैकोटमा प्रहरीको एक टोलीले पार्टी सदस्य भर घर्तीलाई गिरफ्तार गरी हत्या ग-यो । चैत १८ गते रोल्पाको खुङ्ग्रीका एक गरिब सर्वसाधारण किसानलाई माओवादीको आरोपमा प्रहरीले गिरफ्तार गरी चौकीमा ल्याई हत्या ग-यो । चैत ३० गते रोल्पाको कोटगाउँमा जनमोर्चाका तर्फबाट निर्वाचित गाविस उपाध्यक्ष तिलकराम बुढालाई प्रहरीले पक्रेर हत्या ग-यो । वैशाख १३ गते रुकुममा कलाकार मस्तबहादुर विष्टलाई प्रहरीले गिरफ्तार गरी हत्या ग-यो । वैशाख १५ गते रुकुमको काँक्री गाविसको बाकुम भन्ने गाउँमा गाविसमा जनमोर्चाका तर्फबाट निर्वाचित अध्यक्ष दुतबहादुर पुनलाई प्रहरीले गिरफ्तार गरी हत्या ग-यो । वैशाख २५ गते सिन्धुलीको अमलेमा दुई दाजुभाई टीका देवकोटा र ज्ञानेन्द्र देवकोटालाई घरबाट प्रहरीले गिरफ्तार गरी सदरमुकामतिर लग्ने क्रममा बाटोमा पर्ने हात्तीगौंडा भन्ने ठाउँमा गोली हानी हत्या ग-यो । जेठ २० गते किसानहरू थकबहादुर पुन र प्रवेश बुढालाई प्रहरीले गिरफ्तार गरी हत्या ग-यो । जेठ १६ गते रुकुमको लेदेखोला गाउँमा हर्कबहादुर पुनलाई प्रहरीले हत्या ग-यो ।