पाकिस्तानी तालिवान प्रमुख मौलानाको मृत्युको पुष्टि

पाकिस्तानी तालिवान प्रमुख मौलानाको मृत्युको पुष्टि


पाकिस्तानी तालिवान समूहका प्रमुख नेता मौलाना फाजलुल्लाहको गत हप्ता अमेरिकी मानवरहित युद्धक विमानको सहयोगमा गरिएको आक्रमणमा मृत्यु भएपछि सो समूहले नयाँ नेतृत्व चयन गरेको बुझिएको छ ।

फाजलुल्लाहले सन् २०१२ मा पाकिस्तानी किशोरीहरूलाई विद्यालय जान प्रोत्साहन गर्ने अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाईको असफल हत्याको निर्देशन दिएको विश्वास गरिन्छ ।

तेहरिक–ए–तालिवान पाकिस्तान (टिटिपी) पनि यूसुफजाई तथा करिब १०० छात्रासहित १५० जनाभन्दा बढी व्यक्तिमाथि सन् २०१४ मा गरिएको असफल हत्या प्रकरणमा दोषी मानिदै आएको छ ।

उक्त समूहले अन्तर्राट्रिय सञ्चारमाध्यम एएफपीमार्फत आफ्ना नेताको मृत्यु भएको र उनको स्थानमा नयाँ नेतृत्व आएको शनिबार जनाएको हो । उक्त आक्रमणमा तालिवानका अन्य दुई उच्च नेताको पनि मृत्यु भएको थियो । टिटिपीले मुफ्ती नूर वाली मेहसुदलाई नयाँ नेतृत्वमा ल्याएको जनाएको छ ।