मोदी र सीबीच भेटवार्ता हुँदै

मोदी र सीबीच भेटवार्ता हुँदै


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् ।

केही साताअघि चीनको भ्रमण गरेका मोदीले छोटो समयमै फेरि चीनको भ्रमण गरेर राष्ट्रपति सी जिङ पिङलाई भेट्न लागेका हुन् । त्यतिवेला दुई नेताबीच भएको भेटमा सीमासम्बन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडि बढ्ने समझदारी भएको थियो ।

विश्वमै चर्चित दुई देशका नेताहरूको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको सांघाई कोअप्रेसन अर्गनाइजेसनको अवसरमा हुने भएको हो ।

उनीहरूबीच दुईपक्षीय हित र आपसी सम्बन्धबारे छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एन्ड रोड इन्फ्राइस्टक्चर प्रोजेक्ट’लगायतका विषय सो दुईदिने सम्मेलनका मुख्य एजेन्डा रहेका छन् ।

एएफपी