पेट्रोलको मूल्य घटाउन माग गर्दै नेवि सङ्घद्वारा मसाल जुलुस

पेट्रोलको मूल्य घटाउन माग गर्दै नेवि सङ्घद्वारा मसाल जुलुस


पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी सङ्घले आज साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । मूल्यवृद्धि अवैज्ञानिक भएको र यसको विरोध कतैबाट नगरिएको भन्दै आमतप्काबाट विद्यार्थी संगठनहरुको आलोचना हुँदै आएको छ । यही परिवेशमा करिव ६ दर्जन नेवि सङ्घसमर्थित विद्यार्थीहरूले राजधानीको भृकुटीमण्डप (प्रदर्शनीमार्ग)मा मसाल जुलुस निकालेका हुन् ।

एकाएक मसाल जुलुससहित प्रकट भएका विद्यर्थीहरू एकैछिन महँगीविरुद्ध नारा लगाउँदै तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्दै तितरवितर भएका थिए ।