स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन महामन्त्री कोइरालाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गर्नुभएको छ । सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले आइतबार (१६ चैत) एक अपिल जारी गर्दै उहाँले कुनै पनि स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने उल्लेख गर्नुभएको छ ।…