About

घटना र विचार, नेपाली पत्रकारिताको इतिहासमा एउटा विशिष्ट नाम ! विक्रम सम्वत् २०५१ मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएर हरेक बुधबार नियमित प्रकाशित हुँदै आएको यो पत्रिकाले राजनीतिक, सामाजिक, आर्थिक र अन्य विविध विषयमा केन्द्रीत रहेर जनतालाई सुसूचित गराउने निष्ठापूर्ण प्रयास गर्दै आएको छ । तीन दशक लामो ब्यावसायिक यात्रामा घटना र विचारले अनेकौँ उतारचढाव र चुनौतीहरूको सामना गर्दै आएको छ । यात्राका क्रममा यसका सम्पादकएवम् सहकर्मीहरूले विभिन्न समयमा अनेकौँ मुद्दा मामिलाहरूको सामना गर्नु परेको छ ।

घटना र विचारले हरेक बुधवार साप्ताहिक स्वरूपमा प्रस्तुत हुँदाहुँदै केही वर्षयता अनलाइन न्युज पोर्टल पनि प्रारम्भ गरेको छ । घटना र विचार डट कम (www.ghatanarabichar.com) अनलाइन माध्यममार्फत सञ्चार र सूचनाको क्षेत्रमा यसले आफ्नो विशिष्ट हैसियत कायम गरेको छ । निष्पक्ष, निष्ठापूर्ण, तथ्यपरक र जिम्मेवार सञ्चारमाध्यमका रूपमा घटना र विचारले राष्ट्र, राष्ट्रियता, स्वधर्म, स्वसंस्कृति, इतिहास, सभ्यता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सन्तुलित परराष्ट्र नीति र प्रजातान्त्रिक मूल्य-मान्यताको पक्षमा प्रतिबद्धता जाहेर गर्दै आएको छ ।

रेडियो, टेलिभिजन र राष्ट्रिय समाचार समितिको समेत अनुभव सँगालिसक्नुभएका देवप्रकाश त्रिपाठी संस्थापक प्रधानसम्पादक रहनुभएको यस पत्रिकाको सम्पादकका रूपमा ख्यातिप्राप्त बबिता बस्नेतले जिम्मेवार भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँको ब्यवसायिक दक्षताले पत्रिकाको गरिमा बढाउन विशेष भूमिका निर्वाह गरेको छ । कार्यकारी सम्पादक जयप्रकाश त्रिपाठीले निर्वाह गर्नुभएको रचनात्मक र जिम्मेवार भूमिकाले पत्रिकाको स्तर वृद्धिमा ठूलो योगदान दिएको छ भने ब्यवस्थापनतर्फ विगत तीन दशकदेखि नवीन उप्रेती र दामोदर नेमकुललगायतले महत्वपूर्ण सेवा पुऱ्याउँदै आउनुभएको छ । ई. जविन कँडेल र बच्चु राईको प्राविधिक योगदानले पनि घटना र विचारको गुणस्तर प्रवद्र्धनमा उच्च सहयोग पुगेको छ ।

हामी देशको सर्वाङ्गीण विकाश र सामाजिक उत्थानका निम्ति यत्नशील रहँदै सञ्चार क्षेत्रबाट मुलुकमा अद्वितीय योगदान पुऱ्याउन प्रतिबद्ध छौँ । धन्यवाद ।