प्रधानमन्त्रीको ‘अभिव्यक्ति’ले उब्जाएको सवाल

प्रधानमन्त्री केपी शर्मा ओलीको एक अभिव्यक्ति यतिबेला राजनीतिक वृत्तका साथै समस्त सचेत वर्गमाझ चासो, चर्चा र चिन्ताको विषय बनेर तरङ्गित भइरहेको छ । लिम्पियाधुरा लिपुलेकसमेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री ओहदाबाट हटाउने ‘विदेशी षडयन्त्र’ शुरु भएको उहाँको आरोप छ । यहाँसम्म कि उहाँले छिमेकी मित्रराष्ट्र भारत, त्यहाँका सञ्चारमाध्यम एवम् नेपालस्थित भारतीय दूतावासलाई…