गर्न केही सकिएन, नामै बदलौँ !

■ दीपेन्द्र पाण्डे राजनीतिक आन्दोलनको दौरान मानिसलाई उत्तेजित गर्न वा उनीहरूलाई केही हुँदै छ भन्ने भ्रम पार्न नाम फेर्ने चलन विश्वभर चलेका अनेकौँ उदाहरण पाइन्छन् । सन् १९१७ को अक्टोबर क्रान्ति सम्पन्न हुनासाथ सेन्ट पिटर्सबर्गको नाम परिवर्तन गर्दै लेनिनग्राद राखियो । रुसी समाजवादी सत्ताको पतनसँगै सेन्ट पिटर्सबर्ग नै रहन गयो । रुसी राजनीतिमा स्टालिनको उदयसँगै…