वेद र संस्कृतको सान्दर्भिकता

माओवादी आन्दोलन केका लागि थियो र प्राप्ति के भयो ? यसको तटस्थ मूल्याङ्कन र समीक्षा भविष्यले गर्ला । त्यसको विश्लेषण फरक पाटो होला । यद्यपि त्यस आन्दोलनको सबैभन्दा चोटिलो प्रहार हिन्दुत्व भएको छ र संस्कृत सबैभन्दा बढी प्रताडित हुन पुग्यो । नेपालको मौलिक विशिष्ट पहिचान मेटाउने, संस्कृत र संस्कृति सिध्याउने कार्य त्यसै आन्दोलनले गरेको छ…