गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण…