प्रमुख तीन दलको आग्रहअनुरुप राष्ट्रपतिबाट धारा ७६ (२) अनुसारको सरकार गठन गर्न आह्वान

प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रियाबारे सर्वत्र चासो बढेको छ । यसबारे राष्ट्रपतिबाट चालिने कदमतर्फ सबैको ध्यान केन्द्रित भइरहेको परिवेशबीच राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ । यसका लागि राष्ट्रपतिबाट यही वैशाख ३० गतेसम्मको म्याद दिइएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘संविधानको…