जातीय विभेद र सहिष्णुता : एक संस्मरण

नवीन देवकोटा हालै काठमाडौंमा घटेको घरभाडा-प्रकरण र पङ्क्तिकारका केही भोगाइ सान्दर्भिक लागेकोले पाठकसामू केही कुरा पस्किँदै छु । २०४८ सालमा एक देवकोटा गाउँमा मतदान अधिकृतको रूपमा खटिँदा ‘नानी पनि देवकोटा रहेछौ, उपाध्याय पऱ्यौ कि जैसी ? हामी त जैसी’ भनी राखिएको जिज्ञासामा मैले ‘जन्मले मलाई ‘उपाध्याय’मै गन्छन्, कर्मले मेरोअगाडि तपाई उपाध्याय (जनै, धोती लगाएको), तपाईंको…