साउदी अरबका राजकुमार काठमाडौंमा

साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझ राजकुमार फैसल काठमाडौं आइपुगेका हुन् । निजी विमान चढेर श्रीलङ्का हुँदै आइपुगेका राजकुमारलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान…