क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले द बाबा एडभेञ्चर इन्टरनेशनल स्कुललाई सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । क्यानले सो कम्पनीलाई महाकुलुङ-५ मा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म परीक्षण उडानका लागि अनुमति प्रदान गरेको जनाएको छ । क्यानका अनुसार कम्पनीले सो क्षेत्रमा बिहान ८ बजेदेखि अपराह्न्न ४ बजेसम्म प्याराग्लाइडिङको परीक्षण उडान…