गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

file photo प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपूग देखिएपछि बैठक…