झापामा ७९ जना डेङ्गु सङ्क्रमित फेला

झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिनुभयो । 'यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो', उहाँले भन्नुभयो, 'पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।' सङ्क्रमितमध्ये पुरुष ४५ जना…