सफा हिमाल अभियान २०२४ : टोली पुग्यो आधार शिविर

सफा हिमाल अभियान-२०२४ अन्तरगत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि परिचालित टोली सगरमाथा आधार शिविर पुगेको छ । यो टोलीले हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुखरप्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेको थियो…