चेखवको ‘तीन बहिनी’ मञ्चन हुने

चेखवको ‘तीन बहिनी’ मञ्चन हुने


रसियन नाटककार एन्टोन चेखवको प्रसिद्ध नाटक ‘थ्री सिस्टर्स’को मञ्चन हुने भएको छ । मेघराज अधिकारीद्वारा नेपालीमा अनूदित नाटक ‘तीन बहिनी’को परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन् ।

नाटकमा घिमिरे युवराज, सुषमा कोइराला, श्याम खड्का, शान्ति गिरी, विकास जोशी, सुनिसा बजगाइँ, अर्जुन न्यौपाने, अन्ना देउजा, जीवन बराल, अस्मिता खनाल, अमुल श्रेष्ठ, सुरेश जिसी र श्रीओम रोदनले अभिनय गरेका छन् ।

उक्त नाटक आगामी वैशाख १९ गतेदेखि जेठ १२ गतेसम्म शिल्पी नाटकघरमा मञ्चन हुने जनाइएको छ ।