राष्ट्रिय खेल भलिबलको एसियाडमा सहभागिता पक्का

राष्ट्रिय खेल भलिबलको एसियाडमा सहभागिता पक्का


पछिल्लोपटक सन् १९८४ मा सिउल एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएको नेपालको भलिवल टोलीले ३२ वर्षपछि पुनः एसियाडमा प्रतिस्पर्धा गर्न पाउने भएको छ । सो कुराको जानकारी नेपाल भलिबल संघले गराएको छ ।

आगामी भदौ २ गतेदेखि इण्डोनेसियाको राजधानी जाकार्तामा आयोजना हुन गैररहेको १८ औं एसियाली खेलकुदमा भलिबलको सहभागिताको लागि केहि महिना पहिले राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले आयोजक कमिटीलाई पत्राचार गरेको थियो ।

१८ औं एसियाली खेलकुदको तयारी समितिले नेपाली भलिबल टोलीलाई एसियाडमा सहभागिताको वारेमा बैशाख ११ गते मंगलवार राखेप र एनओसीमा पत्राचार गरेको थियो ।

नेपाललाई एसियाडमा सहभागी गराएपछि नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले खुशी प्रकट गरेका छन् । चन्दले ३२ बर्षपछि पुनः एसियाडमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त भएको भन्दै त्यसलाई सार्थक तुल्याउन सम्वन्धित निकाय लगायत सरकारले पनि विशेषरुपमा चासो राख्नुपर्ने बताए ।

पुरुष भलिबल टीमले एसियाडमा सहभागिता जनाउने भएपनि महिला टीमलाई उक्त अवसर प्राप्त भएको छैन् । त्यस्तै नेपालले एसियाडमा सहभागिता जनाउने खेलको टुङ्गो लगाइसकेको अवस्थामा भलिवलले सहभागिता जनाउन पाउँछ या पाउँदैन त्यो केहि समय प्रतिक्षा गर्नु पर्ने भएको छ ।