४४औं चेस ओलम्पियाडमा दस नेपाली खेलाडीको छनोट

४४औं चेस ओलम्पियाडमा दस नेपाली खेलाडीको छनोट


जर्जियामा आयोजना ४४ औं चेस ओलम्पियाडको लागि नेपाली खेलाडी छनोंट भएका छन् । उक्त कुराको जानकारी नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले जानकारी गराएका छन् ।

४४ औं ओलम्पियाडमा सहभागिता जनाउने खेलाडीहरुमा खुश्बु थापा (झापा), सिन्दिरा जोशी (काठमाण्डौं), रिजेन्द्र राजभण्डारी (काठमाण्डौं), रुपेश जैसवाल (रौतहट), मदनकृष्ण कायस्थ (काभ्रे),विवेक थिङ (मकवानपुर), हिमाल लामा (धनुषा), मोनालिसा खम्बु (खोटाङ), सुजन लोहनी (काठमाण्डौं) र वीणा जैसवाल (रौतहट) रहेका छन् ।

त्यस्तै बैकल्पिक खेलाडीहरुमा सुमित पन्त (चितवन) र शुशिला गुरुङ ताप्लेजुङ रहेको नेपाल बुद्धिचाल संघले जनाएको छ ।