मुख्यमन्त्री राउतले मदरसा शिक्षामा जोड दिने

मुख्यमन्त्री राउतले मदरसा शिक्षामा जोड दिने


प्रणय साह/ वीरगञ्ज

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सरकारले शैक्षिक बीमा नीति लिएको बताएका छन् । एन प्याब्सन र प्याब्सनले होटल भिस्वामा आयोजना गरेको सम्मान कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री राउतले मस्जिद, मदरसा एजुकेशन, गरिब तथा विपन्न बालबालिकालाई सहज रूपमा उपलब्ध गराउने जनाए ।

प्रदेशमा भ्रुणहत्या बढेको खुलासा गर्दै यसलाई नियन्त्रण गरी बालबालिकालाई कसरी अधिकतम शिक्षा, स्वास्थ्य र सुरक्षा दिन सकिन्छ भन्नेमा आफू चिन्तनशील रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि ल्याएको विशेष योजना ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा सहयोग गर्न सबै पक्षसंग अपील गरे ।

अशिक्षाकै कारण समाजमा हिंसालगायतका कुरीति व्याप्त रहेकाले त्यसलाई अन्त्य गर्न समेत शिक्षामा जोड दिनुपर्ने सुझाव दिए । दलित बालिकाहरुको लागि सरकारले शिक्षा विमा योजना, दिवा खाजा योजनासहितमा गृहकार्य गरिरहेको जानकारी दिए ।

प्याब्सनका हरिशंकर साहको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई सम्मान गरिएको थियो ।