हाप म्याराथन : किरण र राजप्रभा विजयी

हाप म्याराथन : किरण र राजप्रभा विजयी


किरणसिंह बोगटी पुरुष र राजप्रभा पछाईं महिलातर्फ हाफ म्याराथनमा पहिलो भएका छन् । केबी एसएएम एमआईएस अल्मुनाइद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रामसिंह मग्रान्ती दोश्रो र ओमप्रकाश टोसी तेश्रो भए । महिलामा कृणेश्वरी सिन्तकला दोश्रो र सर्मिला अमेली तेश्रो भए ।

पुरुष १० किलोमिटर दौडमा अजितकुमार यादव पहिलो, सुवास कार्की दोश्रो र शिव रायमाझी तेश्रो बने । सो स्पर्धाको महिलामा कान्छीमाया कोजुले स्वर्ण, सन्तोषी श्रेष्ठले रजत र फुलमती रानाले कांस्य जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।