आइएमई जनरल इन्स्योरेन्सको ३४औं शाखा मन्थलीमा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले आइतबार (९ वैशाख ०७४) संयुक्त रुपमा गरे ।

उदघाटन समारोहमा स्थानीय उद्योगी–व्यापारी, यातायात व्यवसायीयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरू, सहकारी संस्थाका प्रमुखहरू तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, सञ्चालक समिति, सम्पूर्ण कर्मचारी साथीलगायत ग्राहकहरूलाई धन्यवाद दिँदै बीमाक्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरूको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गरी रहेको जानकारी दिए ।

विमा क्षेत्रको विकास र विस्तारको लागि सातवटै प्रदेशको विभिन्न भागमा आफ्नो उपस्थिति जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने हेतुले सेवा प्रदान गरिरहेको उनले जनाए । श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि

सोही कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापालगायत स्थानिय उद्योगी तथा व्यावसायीहरूले कम्पनीले स्थानीय स्तरमा सेवा प्रदान गर्नको लागि रामेछापको मन्थलीमा शाखा विस्तार गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिँदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसँग व्यवसाय विस्तार गर्ने प्रतिबद्धता जनाएका नायव महाप्रबन्धक शरण रेग्मीले जानकारी दिएका छन् ।