अष्ट्रेलियाका प्रतिभालाई फिरोज र एड्रियनसँग गीत गाउने अवसर

अष्ट्रेलियाका प्रतिभालाई फिरोज र एड्रियनसँग गीत गाउने अवसर


के तपाईंको चाहना गीत गायनमा छ ? नेपालका चर्चित गायकसँग गीत गाउने वा उनिहरूसँगै स्टेज सेअर गर्ने रहर पनि तपाईंमा हुन सक्छ । यदि छ र तपाईं अष्ट्रेलियामा हुनुहुन्छ भने अब यो इच्छा पुरा हुने भएको छ, त्यो पनि चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीका दुई चर्चित गायक हस्ती फिरोज स्याङ्तेन र एड्रियन प्रधानसँग । अगस्ट ४ का दिन सिड्नीको लुना पार्कमा हुन लागेको बृहत सांगीतिक कार्यक्रममा आफ्नो हिट गीतहरू प्रस्तुत गर्न आउन लागेको यो जोडीसँग तपाईंहरू पनि गीत गाउन चाहनुहुन्छ भने तपाईंहरूले कुनै पनि गीत गाएर [email protected] यो मेलमा पठाउनु पर्छ ।

‘तर यो प्रतियोगितामा अष्ट्रेलियामा रहनुभएका नेपालीले मात्र सहभागिता जनाउन पाउनुहुने छ । मेलमा आएका गीतहरू मघ्येबाट उत्कृष्ट २० जना छानेर हामी ती २० जनाबीच प्रत्यक्ष गायन गर्ने छौँ र ती २० जनाबाट एक नम्बरको प्रतिभाले दुर्इ गायकसँगै गीत गाउन पाउने छन् भने थप दुईले स्टेज प्रयोग गर्न पाउने छन्’, आयोजकमध्येका एक रोशन भट्टराईले जानकारी दिए । उनले प्रवासमा रहेका प्रतिभावान कलाकारहरूलाई यो अवसरको सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

ओर्जिनल डिओ नाम दिइएको यो कार्यक्रममा नेपालका अन्य चर्चित गायक गायिकाहरुको पनि सहभागिता हुने बताइएको छ ।

– राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)