बालिकामाथि बलात्कार गर्नेलाई भारतमा मृत्युदण्ड दिइने

बालिकामाथि बलात्कार गर्नेलाई भारतमा मृत्युदण्ड दिइने


बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई भारत सरकारले शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानूनबारे छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाएका थिए । उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरिएको हो ।

जम्मुकाश्मिरमा एक कलिली बालिकामाथि भएको उक्त घटनाको निन्दा गर्दै देशैभर विरोध प्रदर्शन भएपछि प्रधानमन्त्री मोदीले उक्त कानूनी प्रावधान अघि सारेका थिए। मन्त्रीपरिषद्को उक्त निर्णयलाई सरकारले विचारविमर्शका लागि भारतीय राष्ट्रपतिसमक्ष पेश गर्ने छ ।