सिटिजन्स बैंकको नाफा १ अर्ब

सिटिजन्स बैंकको नाफा १ अर्ब


सिटिजन्स बैंकको नाफा १ अर्ब पुगेको छ । २०७४ चैत मसान्तसम्ममा ८८ करोड नाफा कमाएको बैंकले २०७५ चैतमा १२ करोडले बढाएर एकअर्ब पु¥याएको हो । बैंकले ५५ अर्ब निक्षेपलाई पनि बढाएर ६० अर्ब पु¥याउन सफल भएको छ भने बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४६ करोड पुगेको छ ।

बैंक राइट ब्याकबाट ४० करोड प्राप्त गरेको छ भने २४ करोड प्रोभिजन गरेको बैंकले जनाएको छ । बैंकको खराब कर्जा १ दशमलव ४६ प्रतिशत छ भने स्प्रेड दर ३ दशमलव ७४ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने ११ दशमल १५ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी १६ दशमलव ७६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ एकसय २९ दशमलव ५६ रुपैंयाँ रहेको छ ।