पूर्वप्रधानन्यायाधीश पराजुलीको मुद्दा खारेज

पूर्वप्रधानन्यायाधीश पराजुलीको मुद्दा खारेज


सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो ।

तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा न्यायपालिकाको अधिकार दुरुपयोग हुने गरी काम गरेको आरोप लगाउँदै अधिवक्ता मनोज अधिकारीले अदालतको अवहेलनासम्बन्धी मुद्दा गत फागुन १५ गते दर्ता गरेका थिए । सो मुद्दामा गोविन्द केसीका कानून व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई धम्की दिएको र पराजुलीबाट अदालतको अवहेलना भएको जिकिर गरिएको थियो ।