रातभरि शारिरिक सम्बन्ध, उज्यालो भएपछि प्रेमिकाको हत्या

रातभरि शारिरिक सम्बन्ध, उज्यालो भएपछि प्रेमिकाको हत्या


रुपन्देही । आफ्नै प्रेमीबाट १५ वर्षीया किशोरीको हत्या भएको छ । रातभर सँगै रहेका उनीहरूबीच बिहानीपख विवाद हुँदा रिसको आवेगमा प्रेमीले प्रेमिकाको घाँटी थिची हत्या गरेको खुलासा भएको छ ।

ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया सरस्वती हरिजन शौचालय जाने भन्दै बैशाख ३ गते राती ९ बजेतिर घरबाट निस्किएकी थिइन् । रातभर हराएकी हरिजन बैशाख ४ गते बिहान घरभन्दा करिव एक किलोमिटर टाढा खेतमा मृत भेटिएकी हुन् ।

मृत शरिर देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय धकधईमा खबर गरेका थिए । त्यसपछि जिल्लाबाट घटनाबारे अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेको नेतृत्वमा प्रहरी टोली गएको थियो ।

अनुसन्धानका क्रममा बैशाख ५ गते ओमसतिया गाउपालिका–६ बस्ने १८ वर्षीय प्रेमसागर केवटलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले प्रेमसागर र सरस्वती हरिजनबीच करिब ४ बर्षदेखि प्रेम सम्बन्ध रहेको जनाएको हो । बैशाख ३ गते राती घरबाट हराएकी हरिजन रातभर केवटसँग रहेको र उनिहरुबीच शारिरिक सम्बन्ध पनि भएको, तर बिहानपख विवाद हुँदा घाँटी थिची हत्या गरेको केवटले बयान दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।

विवाद किन र के कुरामा भयो भन्ने जवाफमा केवटको बयान उद्धृत गर्दै प्रहरीले जनाएअनुसार रातभर सँगै रहेर शारीरिक सम्बन्ध भएको तर विहान भएपछि आफूलाई भगाएर लैजान सरस्वतीले दबाब दिएको र सो इन्कार गर्दा विवाद बढेको थियो । अन्ततः घाँटी थिचेर हत्या गरी खेतमा लगेर फालेको केवटले स्वीकार गरेका हुन् ।