मनमोहन स्मृति अन्तरप्रदेश क्रिकेट हुने

मनमोहन स्मृति अन्तरप्रदेश क्रिकेट हुने


मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको सन्दर्भमा मनमोहन स्मृति अन्तरप्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता बैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी गराए ।

प्रतियोगितामा सातै प्रदेशका टिमको सहभागिता रहने छ । त्यसका लागि बैशाख ६ र ७ गतेसम्म खेलाडी छनोट सम्पन्न गर्ने आयोजकले जनाएको छ । प्रदेशअन्तर्गत १ को विराटनगर, २ को वीरगन्ज, ३ को काठमाडौं, ४ को पोखरा, ५ को भैरहवा, ६ को सुर्खेत र ७ को धनगढीमा छनोट हुनेछ । एक टिममा १४ खेलाडीसहति १–१ प्रशिक्षक र व्यवस्थापक रहने छन् ।

पहिलो र दोश्रो हुने टिमलाई नगद र खेल सामाग्रीसहित क्रमशः ५ लाख र २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । खेल ३० ओभरको हुनेछ ।

सेन्टरले २०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्ने १–१ पुरुष/महिला खेलाडी र १ प्रशिक्षकलाई ‘मनमोहन राष्ट्रिय क्रिकेट सम्मान– २०७४’ बाट सम्मान पनि गर्ने भएको छ ।