तपाईंको दृष्टिमा:डा. राजेन्द्रराज वाग्ले

तपाईंको दृष्टिमा:डा. राजेन्द्रराज वाग्ले


your-vision०१६ सालमा गोर्खामा जन्मनुभएका प्राध्यापक डा. राजेन्द्रराज वाग्ले पेसाले एक चिकित्सक हुनुहुन्छ । एमडी, एमपीएच एवम् पीएचडी उपाधिसम्पन्न उहाँ जीवनमा सधैँ एक मेधावी छात्रका रूपमा रहनुभयो । पढाइमा अब्बल रहेकैले उहाँलाई ०३२ सालको एसएलसी बोर्डमा ‘टप नाइन’ स्थानमा सफलता हात लागेको थियो । उहाँ हाल इष्टिच्युट अफ मेडिसिन, महाराजगञ्ज मेडिकल क्याम्पसमा समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभागका विभागीय प्रमुखका रूपमा सेवारत हुनुहुन्छ । साहित्य, राजनीति र समुदाय विकासमा रुचि राख्ने प्राध्यापक वाग्ले जीवन र जगत्सँग सम्बन्धित जिज्ञासाको जवाफमा यसरी प्रस्तुत हुनुभयो ।

० जीवन के हो ?
– काँडाहरूले घेरिएको फूल
० प्रेम के हो ?
– हेर्दा हेर्दै दृष्टि हराउनु
० सुन्दरता के हो ?
– सधैंको लागि खुसी
० मन के हो ?
– गण्डकीको पानी
० भावना के हो ?
– ज्वारभाटा
० विवाह के हो ?
– ग्रह शान्ति गरेर मात्र गर्नुपर्ने चिज
० बन्धन के हो ?
– चुँडाउन मन लाग्ने चीज
० अपमान के हो ?
– जब तपाईँलाई लैँतू भन्छन्
० इज्जत के हो ?
– हाईहाई
० बेइज्जती के हो ?
– तपाईंका कारणले परिवारका मान्छेले मुख छोप्ने पर्नु
० मिलन के हो ?
– दुइटा मुटु एउटै हुनु
० विछोड के हो ?
– कोही सहर कोही गाउँ
० जवानी के हो ?
– जसले जेल पनि लैजान सक्छ
० बालापन के हो ?
– सानी छोरीले खाना खुवाइदिनु
० तृष्णा के हो ?
– प्यालाको प्यादा हुनु
० रिस के हो ?
– कक्षाकोठामा नै साथीको घाँटी समात्नु
० जोस के हो ?
– अस्कलमा आएको पुलिसलाई ढुङ्गा हान्नु
० नसा के हो ?
– उसले विवाह प्रस्ताव स्वीकार नगरेसम्म बारम्बार फोन गरिरहनु
० यौन के हो ?
– उन्मत्त भैैरव
० सन्तुष्टि के हो ?
– भोको पेटमा मीठो खाना खानु
० कर्तव्य के हो ?
– अरूले दिएकोभन्दा कम नदिनु
० विश्वास के हो ?
– सहाराको खोजी
० असल के हो ?
– अरूको भलो गर्नु
० खराब के हो ?
– डेट एक्सपायर मेडिसिन
० सबैभन्दा ठूलो धोका के हो ?
– आफ्नै मान्छेले गर्ने विश्वासघात
० दु:ख के हो ?
– तलबको पैसा पकेट मारिनु
० सुख के हो ?
– जाडोमा न्यायोसँग सुत्नु
० खुसी के हो ?
– एक मतले चुनाव जित्नु
० आनन्द केमा छ ?
– हिमालयको काखमा दूध–मोही खानुमा
० मित्र को हो ?
– बिरामी हुँदा पानी दिने मान्छे
० शत्रु को हो ?
– घरको सर्प
० सङ्घर्ष के हो ?
– अविरल यात्रा
० आस्था के हो ?
– जहाँ दौडेर गइन्छ
० धर्म के हो ?
– आफ्नो स्वरूपमा रहनु
० नैतिकता के हो ?
– बेच्न नमिल्ने धन
० चरित्र के हो ?
– नैनासुतको दौरा–सुरुवाल
० ज्ञान के हो ?
– सर्वोत्तम पिठो
० बुद्धि के हो ?
– सही निर्णय र सन्तुलनको आधार
० सम्झौता के हो ?
– आधा÷आधा
० सृष्टि के हो ?
– हरियो लेउ
० गुरु को हो ?
– जसको नजिक जान मन लाग्छ
० राजनीति के हो ?
– दाजुभाइको झगडा
० देश के हो ?
– जहाँ फर्किन मन लाग्छ
० समाज के हो ?
– जो जेलिएको हुन्छ
० पद के हो ?
– जो लिन मान्छे मरिहत्ते गर्छन्
० विकास के हो ?
– विकासे दुबोको चौर
० व्यापार के हो ?
– अर्कालाई उल्लु बनाउनु
० अनुशासन के हो ?
– सोभियत संघमा रक्सी नखानु