वैशाख ९ मै एकता गर्न गरी एकता संयोजन समितिको बैठक बस्दै

वैशाख ९ मै एकता गर्न गरी एकता संयोजन समितिको बैठक बस्दै


बैशाख ९ गते नै पार्टी एकता गर्ने गरी एमाले माओवादीका शिर्ष नेताहरु सक्रिय रुपमा लागिपरेका छन् । अहिले विहान दुई दलबीचको एकता संयोजन समितिको बैठक बस्ने भएको हो ।

संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निक्र्यौल गर्नुपर्ने जनाएको छ ।

उता, सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस (वैशाख ९) मा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुटेका थिए ।

ओलीले सोमबारबिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।