कांग्रेस केन्द्रिय समितिको बैठक आगामी शुक्रबार बस्ने

कांग्रेस केन्द्रिय समितिको बैठक आगामी शुक्रबार बस्ने


गत ०७४ साल चैत ९ देखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते शुक्रबार पुनः बस्ने भएको छ । पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको जारी बैठक केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।