कुश्मा नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते

कुश्मा नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते


कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काप्mले लामिछाने घाइते भएकी छिन् ।

काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् । राससमा जनाइएअनुसार ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो ।

घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।