इसाई खतराबाट अब कसरी जोगिने ?

इसाई खतराबाट अब कसरी जोगिने ?


■ देवप्रकाश त्रिपाठी

राज्यका काममा धर्म र धार्मिक सङ्घसंस्थाहरूको हस्तक्षेपले सीमा नाघ्न थालेपछि युरोपेली मुलुकहरूमा धर्मनिरपेक्षताको अवधारणालाई कार्यान्वयनमा ल्याउन दबाब पैदा भएको जानकारी हामीमध्ये धेरैमा हुनुपर्दछ । धर्मनिरपेक्षताको सीधा अर्थ राज्य धर्म र धार्मिक विषयप्रति निरपेक्ष रहनु मात्र होइन, शासकीय कर्म र सामाजिक जीवनका हरेक पाटोमा धर्म, संस्कृति र परम्परागत मूल्यमान्यताको प्रभाव शून्यतालाई धर्मनिरपेक्षता भनिन्छ ।

युरोपियनहरू जो राज्यमा धार्मिक सङ्घसंस्थाहरूको व्यापक हस्तक्षेपबाट हैरान थिए, तिनले धर्मनिरपेक्षताको परिभाषा यसरी नै गरेका छन् । तथापि युरोप र अमेरिकाका कैयन मुलुक जो धर्मनिरपेक्षताको पक्षमा वकालत गर्छन्, तिनले पनि इसाई धर्मसम्मत व्यवहारबाट आफूलाई अलग राख्न खोजेका छैनन् ।

संयुक्त राज्य अमेरिकाजस्तो विज्ञानसम्मत सर्वशक्तिमान र समृद्ध मुलुकका राष्ट्रपतिले बाइबलमाथि हात राखेर कसम खानु या बेलायतजस्तो मुलुकमा इसाईमध्ये पनि प्रोटेस्टेन्टले मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था हुनुलाई धर्मनिरपेक्षता मान्न सकिँदैन । पश्चिमा मुलुकहरू आफैँले धर्मसापेक्ष व्यवहार गर्ने गर्दछन् र अन्य मुलुकलाई धर्मनिरपेक्ष बन्न अर्ती दिन्छन् । अर्ती मात्र होइन, अर्थको व्यवस्थासमेत गरिदिने गरेका छन् धर्मनिरपेक्षताका लागि । एसिया, अफ्रिका र दक्षिण अमेरिकी महादेशका अल्पविकसित मुलुकहरूमा धर्मनिरपेक्षताको एजेण्डा प्रवेश गराएर सम्बन्धित देशले परापूर्वकालदेखि अवलम्बन गरिआएको मौलिक धर्म, परम्परा र संस्कृतिलाई पाखा लगाउने काम पश्चिमा मुलुकहरूले नियोजित रूपमा नै गर्दै आएका छन् ।

धर्मनिरपेक्षताका नाममा सम्बन्धित मुलुकले अवलम्बन गरिआएको धर्म, संस्कृति र परम्परालाई निरुत्साहित गर्ने क्रमसँगै उनीहरूले धर्मान्तरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदा रहेछन् । धर्मनिरपेक्षताको परिभाषा एउटा रूपमा गर्ने र आफैँले चाहिँ धर्मसापेक्ष व्यवहार गर्ने, अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूमा चाहिँ धर्मनिरपेक्षतालाई ‘कभर’ बनाएर धर्मान्तरण गराउने पश्चिमा रणनीतिको सिकार विश्वका धेरै मुलुकले हुनुपरेको छ र नेपाल पनि त्यसरी नै सिकार बन्ने दिशामा लामबद्ध हुन पुगेको छ ।

धर्मनिरपेक्षताको परिभाषा पश्चिमाहरूले यसरी गरेका छन्, ‘Religion loses its authority in all aspects of social life and governance is Secularism.‘ राजकीय शासन र सामाजिक जीवनका सबै पक्षहरूबाट धर्मको उन्मूलनका रूपमा धर्मनिरपेक्षतालाई परिभााषित गर्नेहरूले अल्पविकसित मुलुकमा धर्मान्तरणका लागि ठूलो लगानी गर्नु र आफूहरूले चाहिँ धर्मसापेक्ष व्यवहार गर्नुले उनीहरूमा रहेको दोहोरो चरित्र उजागर गरेको छ । नेपाल मात्र नभई विश्वमै र वर्तमानमा मात्र नभई शताब्दीअघिदेखि नै पश्चिमाहरूले धर्मनिरपेक्षताको आवरणमा धर्मान्तरणलाई अभियानका रूपमा योजनाबद्ध ढङ्गले सञ्चालन गर्ने गरेको पाइएको छ ।

काठमाडौं उपत्यकाका मल्ल राजाले चर्च स्थापना गर्न अनुमति दिएसँगै अठारौं शताब्दीमा इसाईकरणले नयाँ गति लिँदै थियो । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले सफलता प्राप्त गरेपछि उनले काठमाडौंमा रहेका चर्च बन्द गराई पादरीहरूलाई देश निकाला गरेपछि इसाईकरणमा रोक लागेको थियो । तर, २००७ सालको परिवर्तनपश्चात् सेवाका नाममा यहाँँ इसाईहरूको सक्रियता बढ्न थाल्यो र पञ्चायतकालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी गर्दै उनीहरूबाट सचेततापूर्वक धर्मान्तरणको प्रक्रिया शुरु भयो । २०६३ को राजनीतिक परितर्वनपश्चात् नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाइयो र धर्मनिरपेक्षताको आवरणमा यहाँँ धर्मान्तरणलाई अभियानका रूपमा सञ्चालन गरिएको छ ।

कुनै समय ब्रिटिस उपनिवेशको रूपमा रहेको अफ्रिकी मुलुक नाइजेरिया (जसको आफ्नै धर्म, संस्कृति र परम्परा थियो, छ) लाई सबैभन्दा पहिले धर्मनिरपेक्षतासहित गणतन्त्रात्मक मुलुक बनाइएको र त्यसपछि इसाईकरणलाई तीव्रता दिइएको ऐतिहासिक तथ्यहरूले देखाउँछ । ब्रिटिस उपनिवेश कालमै नाइजेरियामा धर्मपरिवर्तनलाई प्राथमिकता दिइएको थियो र, दक्षिणी तथा मध्यनाइजेरियामा धर्मान्तरणको निकै बलियो असर परेको थियो । सन् १९६३ मा संवैधानिक राजतन्त्रको उन्मूलन गरी सङ्घीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रात्मक मुलुकका रूपमा नाइजेरियालाई संविधानतः लगिएपछि इसाईकरणले तीव्रता पाएको हो । एक प्रतिवेदनले नाइजेरियामा साढे आठ करोड इसाई पुगिसकेको देखाएको छ ।

इसाईकरणलाई तीव्रता दिइएपछि सुरु भएको धार्मिक युद्धले नाइजेरियालाई नराम्रोसँग प्रभावित गरेको छ । एकीकृत इस्लामिक राष्ट्र माग गर्दै आएको हिंसात्मक सङ्घर्षका क्रममा त्यहाँ दशकभित्र करिब चौध हजार चर्चहरू ध्वस्त पारिएका छन् भने पाँच वर्षभित्र दश लाख इसाई मारिएको बुझिन्छ । साठी वर्षअघि दुई प्रतिशतभन्दा कम इसाईधर्मी रहेको दक्षिण कोरियामा अहिले तीस प्रतिशतभन्दा बढी इसाईधर्मी जनसङ्ख्या पुगिसकेको छ । जब कि कोरियनहरू आफूलाई कुनै पनि धर्मावलम्बी नरहेको दाबी गर्दछन्, यद्यपि कोरियामा बौद्धमार्गीहरूको पनि बसोवास रहेको छ ।

सन्तानब्बे प्रतिशत बौद्धमार्गीको बसोवास रहेको कम्बोडियामा वार्षिक ६ प्रतिशतका दरले इसाईधर्मीहरू बढिरहेका छन् । यही रफ्तारमा धर्मान्तरण भएमा आगामी केही वर्षभित्रै कम्बोडिया इसाई मुलुकमा रूपान्तरित हुने सम्भावना छ । मुस्लिम तथा स्थानीय धर्म अवलम्बन गर्ने बसोबासीहरू भएको बुरुण्डीमा यतिबेला छयासी प्रतिशत मानिसलाई इसाई बनाइएको छ । धर्म परिवर्तनलाई गम्भीर अपराध मानिने अफगानिस्तानमा समेत भूमिगत रूपमा चर्चहरू सञ्चालनमा ल्याएर धर्मान्तरणलाई प्रोत्साहन गरिएको छ । अफगानिस्तानमा समेत कम्तीमा पाँच सयदेखि आठ हजारसम्म इसाई धर्म प्रचारकहरू सक्रिय भएको अनुमान छ ।

इरान र अफगानिस्तान इसाईहरूको लागि निकै जोखिमपूर्ण भूमि मानिन्छ । यी मुलुकमा समेत भूमिगत चर्चहरू सञ्चालनमा ल्याइनुले पश्चिमा मुलुकहरूका निम्ति इसाईकरण कति महत्वपूर्ण विषय हो भन्ने स्पष्ट गर्दछ । छिमेकी मुलुक चीनमा उदारीकरणसँगै धर्मान्तरणले प्रवेश पाएको थियो । यस अवधिमा चीनमा भएका पुराना चर्चहरूको गतिविधि बढेको र प्रशस्त मात्रामा नयाँ गिर्जाघरहरू निर्माण गरिएको थियो । इसाई सङ्घसंस्थाहरूले सन् २०३० सम्ममा दुई सय सतचालीस मिलियन अर्थात् चौबीस करोड सत्तरी लाख चिनियाँ नागरिक इसाई बन्ने प्रक्षेपण गरेका थिए । अहिले राष्ट्रपति सी जिनपिङले धर्मान्तरणप्रति कठोर नीति अवलम्बन गर्दै चर्चहरू ध्वस्त बनाउने अभियान चलाएपछि इसाईकरण अवरुद्ध हुने विश्वास गर्न थालिएको छ ।

छिमेकी मित्रराष्ट्र भारतमा ब्रिटिसहरूले शासन शुरु गरेसँगै त्यहाँ धमान्तरणलाई अभियानका रूपमा चलाइएको थियो । गरिब, अल्पसङ्ख्यक र जनजाति समुदायलाई लक्षित गरेर सन् १८४२ देखि सञ्चालन गरिएको इसाईकरण अभियानले भारतको मणिपुर, अरुणाचल, उडिसा, त्रिपुरा, पश्चिम बङ्गाल, केरला र अण्डमानद्वीपलाई निकै प्रभावित ग¥यो । नागाल्याण्ड त सन् १९६० मै इसाई राज्यमा रूपान्तरित हुन पुगेको हो । नागाहरू दशौं शताब्दीदेखि उत्तरबाट भारतमा प्रवेश गरेको विश्वास गरिन्छ । उनीहरू प्रकृतिपूजक थिए । ईश्वरद्वारा जगत सिर्जना भएको विश्वास गर्ने उनीहरू ढुङ्गालाई देवता थापेर बलिपूजा गर्थे र भूत अस्तित्वमा भएको उनीहरूको ठम्याइ थियो । समग्रमा उनीहरूको आफ्नै मौलिक धर्म थियो ।

सन् १८४२ मा बाप्टिस्ट मिसन (ABM) ले धर्मान्तरणको अभियान चलाएपछि अहिले नागाहरू आफ्नो धर्म, संस्कृति र परम्पराबाट धेरै टाढिएका छन् । धर्म परिवर्तन गराइसकेपछि नागाहरूलाई स्वतन्त्र मुलुक निर्माणको निम्ति उक्साइयो र १९४७ को अगस्ट १५ मा भारत स्वतन्त्र भएको घोषणा गरिनुभन्दा अघिल्ला दिन (अगष्ट १४) मै नागाल्याण्ड स्वतन्त्र भएको घोषणा ब्रिटिस शासकहरूद्वारा गराइएको थियो । पहिले बाइबल भिराएर शुरु गरिएको विभाजन–प्रक्रियालाई पश्चिमाहरूले हातहतियार उपलब्ध गराएर उत्कर्षमा पुऱ्याइदिएका थिए । सन् १९६० मा नागाल्याण्डलाई भारतीय सङ्घअन्तर्गत राखिएको भए पनि त्यहाँ इसाई पृथकतावादीहरूले धेरै पछिसम्म हिंसात्मक सङ्घर्ष गरिरहेका थिए । नागाल्याण्डलाई काबुमा लिन भारतले धेरै ठूलो मिहिनेत गर्नुपरेको थियो ।

बितेका दश वर्षभित्र नेपालमा करिब पन्ध्र हजारको सङ्ख्यामा नयाँ चर्चहरू खोलिएका छन् । इसाईकरणको यो प्रक्रियालाई नियन्त्रण गरिएन भने अर्को एक दशकभित्र नेपालीले पनि आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा गुमाउने र मुलुकमा धर्मकै नाममा गृहयुद्ध हुन सक्ने खतरा बढाएको छ । हालै मात्र नेपाललाई हिन्दूराज्य कायम गराउन सक्रिय एक धर्मगुरु श्रीनिवासाचार्यमाथि ज्यान लिने उद्देश्यबाट गोली प्रहार भएको छ । विश्वमा भएका घटना र इसाईहरूको नियत एवम् उद्देश्यको विवेचना गर्दा यस घटनालाई सामान्य रूपमा लिन मिल्ने देखिएको छैन ।

आफ्नै मौलिक धर्म, संस्कृति र परम्परासम्पन्न मुलुक दक्षिण अफ्रिकामा पनि पश्चिमाहरूले सन् १६५२ देखि धर्मान्तरणको प्रक्रिया शुरु गरेका थिए । सन् १७३७ मा इसाई मसिनरीको प्रवेशपछि उक्त मुलुकमा इसाईकरणले तीव्रता पाएको थियो । शुरुमा बाइबल थमाएर दक्षिण अफ्रिकीहरूलाई प्रभावित गर्न शुरु गर्ने इसाईहरूले बीसौं शताब्दीसम्म आइपुग्दा त्यहाँको स्रोतसाधन र राज्यसत्तामाथि समेत नियन्त्रण कायम गरिसकेका थिए । धेरै लामो लडाइँपछि दक्षिण अफ्रिका तीन दशकअघि स्वतन्त्र त भएको छ, तर उनीहरूले आफ्नो मौलिक पहिचान पूरै गुमाइसकेका छन् ।

नेपालमा पनि इसाईकरणको प्रयास सत्रौँ शताब्दीको आखिरतिरबाट भएको थियो । काठमाडौं उपत्यकाका मल्ल राजाले चर्च स्थापना गर्न अनुमति दिएसँगै अठारौं शताब्दीमा इसाईकरणले नयाँ गति लिँदै थियो । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले सफलता प्राप्त गरेपछि उनले काठमाडौंमा रहेका चर्च बन्द गराई पादरीहरूलाई देश निकाला गरेपछि इसाईकरणमा रोक लागेको थियो । तर, २००७ सालको परिवर्तनपश्चात् सेवाका नाममा यहाँँ इसाईहरूको सक्रियता बढ्न थाल्यो र पञ्चायतकालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी गर्दै उनीहरूबाट सचेततापूर्वक धर्मान्तरणको प्रक्रिया शुरु भयो । २०६३ को राजनीतिक परितर्वनपश्चात् नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाइयो र धर्मनिरपेक्षताको आवरणमा यहाँँ धर्मान्तरणलाई अभियानका रूपमा सञ्चालन गरिएको छ ।

बितेका दश वर्षभित्र नेपालमा करिब पन्ध्र हजारको सङ्ख्यामा नयाँ चर्चहरू खोलिएका छन् । इसाईकरणको यो प्रक्रियालाई नियन्त्रण गरिएन भने अर्को एक दशकभित्र नेपालीले पनि आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा गुमाउने र मुलुकमा धर्मकै नाममा गृहयुद्ध हुन सक्ने खतरा बढाएको छ । हालै मात्र नेपाललाई हिन्दूराज्य कायम गराउन सक्रिय एक धर्मगुरु श्रीनिवासाचार्यमाथि ज्यान लिने उद्देश्यबाट गोली प्रहार भएको छ । विश्वमा भएका घटना र इसाईहरूको नियत एवम् उद्देश्यको विवेचना गर्दा यस घटनालाई सामान्य रूपमा लिन मिल्ने देखिएको छैन । यसलाई भविष्यको नेपालको साङ्केतिक चित्रका रूपमा बुझियो भने यो मुलुकले अब कस्तो प्रकारको सङ्कटबाट गुज्रनुपर्ने हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । गाउँ–गाउँमा इसाईकरणले सामाजिक सद्भाव र एकतामा सङ्कट पैदा गरिसकेको छ ।

जुन दिन इसाईहरूले आफू बलियो भएको महसुस गर्नेछन्, त्यसपछि धर्मका नाममा गृहयुद्ध शुरु हुनेमा अब शङ्का गरिरहनुपर्ने हुँदैन । इसाईकरणका निम्ति माओवादीले मुख्य योगदान पुऱ्याएको यथार्थमाथि समेत विचार गर्दा नेपाललाई किन धर्मनिरपेक्ष मुलुक बनाइएको रहेछ भन्ने खुलासा मात्र हुँदैन, यो मुलुक रक्तपातपूर्ण धार्मिक युद्धको भुमरीमा फस्न सक्ने अनुमान पनि सजिलै गर्न सकिन्छ । विश्वका कुनै पनि मुलुक जहाँ बाइबल बोकेर इसाईहरू छिरेका छन् ती मुलुक शताब्दी–शताब्दीसम्म पनि शान्ति बहाल गर्न असमर्थ भएको देखिन्छ । समयमै नेपाली जनताले उचित र आवश्यक कदम चाल्न सकेनन् भने पशुपतिनाथको मन्दिरमा इसाई ब्रान्डको भोटेताल्चा लाग्न अब धेरै लामो समय प्रतीक्षा गर्नु नपर्ने देखिएको छ ।