अन्तर्राष्ट्रिय कफी संगठनको उपाध्यक्षमा नेपाल निर्वाचित

अन्तर्राष्ट्रिय कफी संगठनको उपाध्यक्षमा नेपाल निर्वाचित


लण्डन । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा गत ०९ तारिखमा आरम्भ भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१ औं परिषद् बैठकले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवंम् अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा. दुर्गा बहादुर सुवेदीलार्इ Promotion and Market Development Committee को उपाध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित गरेको तथा उक्त Committee को अध्यक्षमा जापानका प्रतिनिधि ःMitsuhrio Takayangi निर्वाचित भएको जानकारी लण्डनस्थित दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

डा. सुवेदीलार्इ उपाध्यक्षमा निर्वाचित गरियोस् भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत तथा ब्राजिलको प्रतिनिधिमण्डलका नेता Maurico Carvalho Lyrio ले प्रस्ताव गरेकोमा कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होण्डुरस, एलसाल्भाडोर, कोलम्विया र इथियोपियाका प्रतिनिधिहरुले समर्थन जनाएपछि डा. सुवेदीलार्इ सर्वसम्मतिले निर्वाचित गरिएको थियो।

प्रेस विज्ञप्तिामा उल्लेख गरिएअनुसार कमिटिका नवनिर्वाचित उपाध्यक्ष डा. सुवेदीले नेपाल सरकारका तर्फबाट सबै सदस्य राष्ट्रहरुलार्इ समर्थनको लागि आभार व्यक्त गर्दै आफूले प्राप्त गरेको जिम्मेवारी इमान्दारीपूर्वक एवं उत्साह र उर्जाको साथ निर्वाह गर्ने विचार व्यक्त गर्दै गुणस्तरीय कफी उत्पादनको प्रवर्द्धनका साथै कफी बजारको विस्तार आजको आवश्यकता भएको औल्याएर आफ्नो कार्यकालमा नेपाललगायत अति कम विकसित र विकासोन्मुख मुलुकहरुको कफी उत्पादन र बजार प्रवर्द्धनका लागि ठोस र सार्थक कार्य गर्ने प्रतिवद्धता गरेका छन् ।

स्मरणीय छ, नेपालले २२ फेवुअरी २०१७ मा मात्र अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको हो भने नेपाल सरकारले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. सुवेदीलार्इ मिति २९ जुन, २०१७ मा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि निनियुक्त गरेको थियो ।