शोषणमा परेकी ‘हिरोइन’ले नाङ्गिएर न्याय खोजेपछि…

शोषणमा परेकी ‘हिरोइन’ले नाङ्गिएर न्याय खोजेपछि…


एक सिने–हिरोइनले आफूलाई यौन उत्पीडनमा पारेर पनि कलाकारको दर्जा र काम नदिइएको भन्दै नाङ्गिएर विरोध प्रदर्शन गरेकी छन् । घटना हैदरावाद (भारत)को हो । तेलुगु फिल्म एक्ट्रेस श्री रेड्डीले फिल्म निर्माता/निर्देशक विरुद्ध ‘न्युड’ भई विरोध जनाएकी हुन् ।

इण्डियन मिडियाहरुले जनाएअनुसार एक्ट्रेस श्रीले शनिबार स्थानीय बञ्जारा हिल्सस्थित फिल्म चेम्बर अफ कमर्शको कार्यालयअघिल्तिर धर्ना दिँदै शरीरको माथिल्लो भागको कपडा पूरै उतारेकी थिइन् । यसरी तमासा देखाएपछि उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी कार्यालयभित्रै पनि अश्लील हर्कत गरेर हङ्गामा मच्चाएको अभियोग उनमाथि लगाइएको छ । आफूलाई पीडित बताउँदै धर्ना दिएकी श्रीलाई उल्टै अश्लीलता फैलाउने कोशिस गरेको भन्दै प्रहरीले कारवाही अघि बढाएको बताइन्छ ।

अभिनेत्री रेड्डीले आफूलाई केही प्रेड्युसर एवम् डाइरेक्टरले यौन उत्पीडन गरेको दाबी गरेकी छिन् । आफूलाई कामको राम्रा अवषर दिइने भनिए पनि बचन पूरा नगरेको, मूभी आर्टिस्ट एसोसिएसनको सदस्यता नदिलाएको उनको आरोप थियो । तर, उनको अपिलको कुनै सुनुवाई भएन, बरु दिमागी हालत नै बिग्रिएको सन्देश प्रवाहित हुने किसिमले उनलाई व्यवहार गरियो ।

यस प्रकरणले फिल्मी दुनियाँभित्रको ‘अँध्यारो पक्ष’लाई केही मात्रामा भए पनि उजागर गरेको टिप्पणी गरिएको छ ।