नयाँवर्षको अवसरमा सिड्नीमा सांगीतिक कार्यक्रम गरिँदै

नयाँवर्षको अवसरमा सिड्नीमा सांगीतिक कार्यक्रम गरिँदै


प्रवासमा रहेका नेपालीहरूले नयाँ वर्ष आगमनको अवसरमा खुशीयाली मनाउन विभिन्न योजनाहरू अघि सार्न थालेका छन् । यसै क्रममा लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एस पिपुल स्टडीको प्रस्तुतिमा सिड्नीमा एक भब्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । अष्ट्रेलियामा छरिएर रहनुभएका नेपालीलाई प्रवासमा पनि नेपालको झल्को दिने खालको कार्यक्रम आयोजना गर्न लागिएको आयोजकका तर्फबाट रोशन भट्टराईले जानकारी दिए ।

कार्यक्रम १३ अप्रिलका दिन राती ८ बजे आइभी भी क्लबमा आयोजना हुने छ । जानकारी दिइएअनुसार कार्यक्रममा यूवापुस्ताका लोकप्रिय गायक यूनिटी ब्याण्डका सुदिन पोखरेलको साथमा नेप्साइ डज ऱ्यापरका विभिन्न प्रस्तुति समेटिने छन् । नयाँवर्षको संगालो नाम दिइएको यो कार्यक्रम मनोरन्जन र गीत संगीतको संगालो हुने कुरा बताइएको छ ।