अमेरिकाको युट्युब मुख्यालयमा गोली चल्यो, तीनजना घाइते

अमेरिकाको युट्युब मुख्यालयमा गोली चल्यो, तीनजना घाइते


अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा गोली चलेको छ ।

सीबीएस न्युजका अनुसार एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएको जनाइएको छ । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी रहेको र घाइते भएका ३६ वर्षका एक युवकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाइफ्रेण्ड हुन् ।