आज विश्व क्षयरोग विरुद्धको दिवस मनाइदैं

आज विश्व क्षयरोग विरुद्धको दिवस मनाइदैं


नेपालमा पनि आज विश्व क्षयरोग विरुद्धको दिवस मनाइदैंछ । मुलुकभरी विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनको आह्वानमा रहेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउँदै आएको छ ।

दिवसको अवसरमा यस वर्ष ‘आवश्यकताः क्षयरोग मुक्त विश्वका लागि नेतृत्व’ भन्ने नारा तय गरिएको छ ।