जुगरवर्गले स्वीकार गरे फेसबुकको डाटा चोरीबारेको घटना

जुगरवर्गले स्वीकार गरे फेसबुकको डाटा चोरीबारेको घटना


फेसबुक संस्थापक मार्क जुगरबर्गले आफ्नो कम्पनिबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य डाटा चोरी भएको भन्दै गल्ती स्वीकार गरेका हुन् ।

राजनीतिक ग्राहकका लागि क्याम्ब्रिज एनालाइटिकाले लाखौं फेसबुक प्रयोगकर्ताका विवरण अवैध तरीकाले प्रयोग गरेको आरोप लागेको छ । फेसबुकबाटै पहिलो वक्तव्य दिँदै जुकरबर्गले भने, ‘आफूमाथि ठूलो विश्वासघात भएको भएको छ ।’

उनले प्रयोगकर्ताको विवरण सुरक्षित बनाउन फेसबुकमा कठिन खालको एप्लिकेशन राखिने वाचा समेत गरेका छन् । जुकरबर्गले भन्छन्, ‘तपाईका विवरण सुरक्षित गर्नु हाम्रो दायित्व हो, हामी गर्छौ ।’