जीप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

जीप दुर्घटनामा एकको मृत्यु, नौ घाइते


रुकुम पश्चिमस्थित वाँफिकोट गाउँपालिका वडा नं. ६ मग्मामा बुुधबार साँझ जीप दुर्घटना भएको छ । मुसीकोट खलंगावाट आठवीसकोट जाँदै गरेको लु १ ज २६३८ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा परी वाँफिकोट गाउँपालिका वडा नं. ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुुमले जनाएको छ । मृतककी श्रीमती २७ वर्षीया अमृता खत्री र उनका सात वर्षिय छोरा हिडन खत्री गम्भिर भएका छन् ।

त्यस्तै, दुर्घटनामा परि वाँफिकोट–७ का ३५ बर्षिया प्रकाश नेपाली, २० वर्षिया निरुता खत्री, ४० वर्षीय बलवहादुर नेपाली, २६ वर्षीय राजकुमार खत्री, वालिका मञ्जु खत्री, आठवीसकोट नगरपालिका वडा नं. ९ का २५ वर्षीय रमेश खत्री र वडा नं. १२ का ३८ वर्षिय मानवहादुर विष्ट घाइते भएका छन् । घाइतेहरुको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ भने आमा छोरा दुवैको अवस्था गम्भिर भएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

जीपमा क्षमताभन्दा बढि यात्रु भएका कारण दुर्घटना भएको हुन अनुमान गरिएको प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।