तपाईंको यो साता (राशिफल, ७–१३ चैत, २०७४)

तपाईंको यो साता (राशिफल, ७–१३ चैत, २०७४)


मेष
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । फलदायी यात्रा नरहला । साताको अन्त्यबाट आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ आर्थिक क्षेत्र मजबुत देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सेतो वा सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष
आँटेकोे र ताकेको कार्य पूरा होला । राज्यबाट मान सम्मान पाइनेछ । सोचेको ठाउँबाट धनागम हुनेछ । स्वादिष्ट भोजन पाइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । साताको पहिलो दिनबाट पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ वैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । साताको पूर्वार्धबाट आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ ध्वाँसे वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ मिल्नेछ ।

कर्कट

बन्धुबान्धवबाट सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । पुनर्मिलनको योग रहेको छ । अचल सम्पत्ति हात पर्ने योग छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोजगारको अवसर मिलनेछ । व्यापार व्यवसायमा पर्याप्त सफलता पाइनेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ सेतो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह

यात्रामा सावधानी अपनाउनुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइनसक्नेछ, सचेत रहनुहोला । साताको अन्त्यबाट घरमा अतिथिको आगमन हुनेछ । वाक्चतु¥याइँले सङ्कल्पसिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ सेतो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालभैरवको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
दैनिक कार्यमा ढिलासुस्ती हुनेछ । व्यापार व्यवसायमा सफलता नहोला । साताको अन्त्यबाट आँटेकोे र ताकेको कार्य पूरा होला । राजनीति अधिकारमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गरी आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
लगनशीलताले नाम र दाम दिलाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । विज्ञान तथा प्रविधिको सहयोगले व्यवसाय फस्टाउनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ । साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृश्चिक
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । व्यापार–व्यवसायमा सफलता पाइनेछ । साताको अन्त्यमा श्रमअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । व्यापार–व्यवसायमा पनि फाइदा मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । साताको पूर्वार्धबाट मनमा निराशा र शरीरमा आलस्य आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ केसरी वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । साताको अन्त्यमा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । सामान हराउन सक्नेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ घिउरङ वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो कुलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साताको पहिलो दिनबाट बन्धुबान्धवबाट सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ हरियो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मीन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्ने छन् । राज्यबाट मान–सम्मान पाइनेछ । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । तर, पुराना रोगव्याधि र समस्याले सताउने सम्भावना छ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ घिउरङ वा सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।