पर्यटन प्रर्बद्धनका लागि हुम्ला कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु

पर्यटन प्रर्बद्धनका लागि हुम्ला कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु


पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले हुम्ला कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु गरिएको छ । कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रालि कैलालीसागको सहकार्यमा हुम्ला ‍र्‍याफ्टिङ तथा जल यात्रा सेवाले र्‍याफ्टिङ संचालनमा ल्याएको हो ।

हुम्लाकै प्रसिद्ध ऐतिहासिक धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको खार्पुनाथ शिब मन्दिरबाट याङ्चु कुनासम्म र्‍याफ्टिङ सेवा सुरु गरेको छ । यसले खार्पुनाथको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने देखिएको छ । पशुपतिनाथ, मुक्तिनाथ, बद्रीनाथ, केदारनाथ र खार्पुनाथको महिमा एउटै भएपनि यि ठाउाहरु ओझेलमा पर्दे आएको थियो ।

गत शनिबारबाट सुरु गरिएको र्‍याफ्टिङले यस क्षेत्रको पर्यटन प्रर्बद्धनसंगै अन्य बिकासमा सहयोग पुग्ने खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए । र्‍याफ्टिङ सेवाको उद्घाटन गर्दै सेवालाई सुरक्षित तबरले नियमित संचालन गर्ने हो भने यसवाट बाह्य तथा आन्तरिक पर्यटकहरुले मनोरन्जन लिन पाउने प्रमुुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

कर्णालीको र्‍याफ्टिङ यात्रा अरू नदीको तुलनामा निकै आनन्ददायी र रोमाञ्चक भएकोले हुम्ला जिल्लाको पर्यटन प्रर्बद्धनको विकासका लागि सरोकारवाला निकायहरुले चासो देखाउन थालेको हुम्ला र्‍याफ्टिङ तथा साहसिक जल यात्राका निर्देशक बुद्धिराम बुढाले बताए ।