भ्लादिमीर पुटिन फेरि बने रुसका राष्ट्रपति

भ्लादिमीर पुटिन फेरि बने रुसका राष्ट्रपति


रुसको कमाण्ड एकपटक पुनः भ्लादिमीर पुटिनको हातमा ६ वर्षको लागि पुगेको छ । भर्खरै सम्पन्न निर्वाचनबाट दुई तिहाई भन्दा बढी मतले पुटिन रुसको राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई करिव ७६ प्रतिशत भोट हासिल भएको बताइएको छ । यस निर्वाचनमा प्रमुख विपक्षी नेता अलेक्सई नवालनीलाई कीर्ते गरेको आरोपमा प्रतिबन्धित गरिएको थियो ।

निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वी पावेल गुरुदिनीनलाई केवल १२ प्रतिशत मत प्राप्त भएको जनाइएको छ । भारी मात्रामा मतदान हुने पुटिनको अपेक्षाविपरीत ६४ प्रतिशत मात्र मत खसेको पनि बुझिएको छ ।

मस्कोमा एक विशाल र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुतिनले पछिल्ला केही वर्षदेखि हुँदै आएका कामलाई जनताले समर्थन दिएको बताए । सञ्चारकर्मीहरूले ६ वर्षपछिको अर्को कार्यकाल पनि तपाई नै राष्ट्रपति बन्ने हो भनी प्रश्न गर्दा पुटिन हाँसे र भने, ‘के तपाईंहरू म सय वर्षसम्म पनि पदमै रहनेछु ? यस्तो हुँदैन ।’