पूर्वफुटबलरको भेला गरिँदै

पूर्वफुटबलरको भेला गरिँदै


पूर्वफुटबलरको संस्था ‘फुटबलर्स मिसन टुगेडर’ले पूर्व फुटबलरहरुलाई भेला गराई कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आयोजक कमिटीका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले वैशाख अन्तिम साता कार्यक्रम आयोजन गरिने जानकारी गराएका छन् ।

कार्यक्रम आयोजना गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । पूर्व फुटबलहरुको अवस्थाका बारे जानकारी लिने, पाका खेलाडीको रेखदेख गर्ने, स्व. पूर्व फुटबलर खेलाडीका परिवारका बारे जानकारी लिनेलगायत उद्देश्यले संस्था स्थापना गरिएको अध्यक्ष श्रेष्ठ बताए ।

संस्था स्थापनको उद्देश्य राजनीतिक र अधिकार खोज्न नभई संस्थाको तर्फबाट पूर्व फुटबल खेलाडीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले स्थापना गरिएको श्रेष्ठले बताए ।